site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यार्थीको प्रदर्शनले धनगढी तनावग्रस्त : ३७ सेल अश्रुग्याँस प्रहार, २१ जना नियन्त्रणमा

धनगढी । धनगढीमा ग्रेडरले किचेर विद्यार्थीको मृत्यु भएपछि आन्दोलित भएका २१ विद्यार्थीलाई प्रहरीले नियन्त्रण लिएको छ । स्थिति नियन्त्रण गर्न प्रहरीले ३७ सेल अश्रुग्याँससमेत प्रहार गरेको छ ।

बिहीबार धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए । उनीहरूले हिजोदेखि नै आन्दोलन थालेका थिए । प्रदर्शनले उग्र रूप लिने देखिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले हिजो रातिदेखि निषेधाज्ञा लगाएको थियो । 

तर, निषेधाज्ञा तोडेर विद्यार्थीहरूले धनगढीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् ।

Dhangadhi (1)1669979002.jpg

हसनपुर पिपलचौतारा नजिक पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर चेतनाको मृत्यु भएको थियो । ग्रेडर र चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २८ मा २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Dhangadhi (2)1669978999.jpg

तर, प्रदर्शन रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले पीडित पक्षसँग बसेर एक चरणको वार्तासमेत भएको बताए । उनका अनुसार पीडित पक्षबाट जाहेरी आएको छैन । पीडित पक्षबाट जाहेरी आएपछि मात्रै थप प्रक्रिया अगाडि बढ्ने उनले बताए । 

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कारबाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध रहेको बताउँदै स्थिति सामान्य बनाउन पीडित पक्षसँग संवाद भएको बताए । उनले विद्यार्थी र अभिभावकसँग पनि छलफल भइरहेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro