site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्यार्थीको प्रदर्शनले धनगढी तनावग्रस्त, ८ राउन्ड हवाई फायर
Sarbottam CementSarbottam Cement

धनगढी । ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युको बिरोधमा धनगढीमा विद्यार्थी प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु जारी गरे पनि विद्यार्थीले तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायरसमेत गरेको छ । ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थी आन्दोलित भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो । 

Global Ime bank

बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थी नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ  । कही घाइते भएका छन् ।

विद्यार्थीले मृतकका आफन्तलाई क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन् । अहिले जिप्रका कार्यालयमा छलफल जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC