site stats
बाह्रखरी :: Baahrakhari
देश
धनगढीमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले २४ घण्टा निषेधाज्ञा लागु गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको निषेधाज्ञा लागु गरेको बताए । 

पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि त्यहाँ लागातार प्रदर्शन भएकाले प्रशासनले अराजक गतिविधि नियन्त्रण गरी नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न निषेधाज्ञा लागु गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

पूर्वमा धनगढीको पुष्पलाल चोक, पश्चिममा रातोपुल, उत्तरमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढीका १ र २ स्थित हुलाकी राजमार्गमा क्षेत्रभित्र निषेधाज्ञा लागु भएको छ । मंसिर १५ गते बेलुका ७ बजेदेखि मंसिर १६ गते बेलुका ७ बजेसम्म सो निषेधाज्ञा लागु हुने प्रशासनले जनाएको छ ।

धनगढी ५ पञ्चोदय मावि सनपुरको कक्षा ८ मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Global Ime bank

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा पिचको काम भइरहेकोले निर्माण कार्यमा रहेको ग्रेडरले बिहीबार बिहान साइकलमा स्कुल गइरहेका बेला साउदलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि विद्यार्थीहरुले धनगढीमा बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक र धनगढीको मुख्य सडक पनि अवरुद्ध पारेका छन् ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu