site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् लुम्बिनीका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका नयाँ सांसद
Tiktok banner adTiktok banner ad

बुटवल । १२ जिल्लामा २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा आम निर्वाचन २०७९ को प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सबै क्षेत्रमा आइसकेको छ । 

यहाँ नेकपा (एमाले)ले ठूलो दलको रूपमा आफ्नो स्थान बनाएको छ । निर्वाचन आयोगका अनुसार २६ मध्ये ११ निर्वाचन क्षेत्रमा एमालेका उमेदवार विजयी भएका छन् । 

एमालेपछि सबैभन्दा बढी नेपाली कांग्रेसले ६ स्थानमा जित हासिल गरेको छ भने नेकपा (माओवादी केन्द्र) र राप्रपाले ३/३ स्थानमा जित निकालेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी)ले १/१ सिट जितेका छन् । एक स्थानमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । 

एमालेबाट चुनाव जित्नेहरु

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन् । चौथोपटक रुपन्देही २ बाट र समग्रमा पाँचौँपटक सांसद बनेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गरेका हुन् । विष्णु पौडेलको २७ हजार १६५ मत आउँदा गणेश पौडेलको २५ हजार ९९५ मत आएको थियो । 

यस्तै, एमाले सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट जित निकालेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा रायमाझीले ४२ हजार ६७५ मत ल्याउन सफल भए । उनले कांग्रेसकी पुष्पा भुसाल (गौतम)लाई पराजित गरे । भुसालले ४० हजार ९४५ मत ल्याएकी थिइन् । पूर्वमन्त्रीसमेत रहेको रायमाझीले चौथोपटक अर्घाखाँचीबाट निर्वाचन जितेका हुन् ।

यस्तै, रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । विश्वकर्माले एमाले छाडेर स्वतन्त्र उमेदवारी दिएका घनश्याम भुसाललाई पराजित गर्न सफल भएका हुन् । विश्वकर्माको २४ हजार ८८२ मत थियो भने भुसालको २१ हजार ३१८ मत आएको थियो । उनी अघिल्लोपटक पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्णराज विष्ट निर्वाचित भएका छन् । पूर्वमन्त्रीसमेत रहेका विष्टले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् । विष्टको २८ हजार ४७६ मत आएको थियो भने झाँक्रीको २६ हजार ४४१ मत आएको थियो । 

रुपन्देही क्षेत्र नम्बर ५ बाट एमालेका वासुदेव घिमिरे विजयी भएका छन् । उनले कांग्रेसका भरत शाहलाई पराजित गरे । स्थानीय तहमा राम्रो काम गरेको नजिर बनाएका ५४ वर्षीय घिमिरेले ३६ हजार ८२२ मत ल्याएका थिए भने शाहले २७ हजार १२० मत ल्याएका थिए । 

पाल्पा क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद आचार्यले ११ हजार मतान्तरसहित जित हासिल गरे । आचार्यको ३१ हजार १०३ मत थियो भने कांग्रेसका ज्ञानबहादुर गाहाको २० हजार २५६ मत आएको थियो । 

पाल्पा क्षेत्र नम्बर २ मा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भए । गैरेले २८ हजार ६४५ मत ल्याएका थिए भने एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले २४ हजार ८९९ मत ल्याएका थिए । 

कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी विजयी भए । अधिकारीले ३४ हजार ६७५ मत पाउँदा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल बलदेवले १८ हजार ९८३ मत ल्याए । जिल्लास्तरमा चर्चा कमाएका अधिकारी विषयगत समितिमा सहभागिता जनाउन सक्नेछन् । 

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का मंगलप्रसाद गुप्ता विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका गुप्ताले नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई पराजित गरेका हुन् । गुप्ताले २२ हजार ६१९ मत ल्याएका थिए भने शाहले १८ हजार ९८३ मत ल्याएका थिए ।

प्युठानबाट एमालेका सूर्यबहादुर थापा विजयी भए । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका क्षेत्रीले राष्ट्रिय जनमोर्चाको किल्लाको रूपमा रहेको क्षेत्रमा सोही पार्टीकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गरे । थापाले ४१ हजार ११८ मत ल्याएका थिए भने पौडेलले ३५ हजार ८१४ मत ल्याएकी थिइन् । 

बाँके १ मा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २५ हजार २६ मत ल्याएका थिए भने माओवादी केन्द्रका महेश्वरजंग गहतराज (अथक)ले १९ हजार ६३२ मत पाएका थिए ।

कांग्रेसका विजेताहरु

बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर विजयी भए । राठोरले २९ हजार ९७ मत ल्याउँदा एमालेका किस्मतकुमार कक्षपतिले २४  हजार ३०५ मत ल्याएका थिए । 

गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा.चन्द्रकान्त भण्डारी करिब एक हजार ६०० विजयी भएका छन् । भण्डारीको ३३ हजार ७४४ मत ल्याउँदा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ३२ हजार १५१ मत ल्याए । 

कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य विजयी भए । का छन् । आचार्यले ३९ हजार १४ मत ल्याउँदा एमालेका बृजेशकुमार गुप्ताले ३८ हजार ६९७ मत ल्याए । 

दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दीपक गिरी विजयी बने । गिरीले ३६ हजार ९११ मत ल्याउँदा एमालेकी कोमल वलीले २९ हजार ९२ मत पाइन् । 

बर्दिया १ मा कांग्रेसका सञ्जयकुमार गौतम विजयी भए । गौतमले ३० हजार ६११ मत ल्याएका थिए एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५ मत ल्याएका थिए । 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेपाली कांग्रेसका विनोदकुमार चौधरी विजयी भए । नेपालका एकमात्र डलर अर्बपति चौधरीले २९ हजार ५१९ मत  ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत पाए ।

माओवादी केन्द्रबाट विजयीहरु

दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै विजयी भइन् । शर्माले २६ हजार ८८० मत ल्याउँदा एमालेका पोखरेलको २६ हजार ६८७ मत आएको थियो ।

रोल्पाबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन विजयी भए । पुनले ४१ हजार ७१४ मत ल्याए भने एमालेका पूर्ण मगरले १६ हजार ४८५ मत पाए ।

रुकुम पूर्वमा पनि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर विजयी भए । लुम्बिनीका निवर्तमान सभामुख घर्तीले १२ हजार २६२ मत ल्याउँदा एमालेका कैलाश कुमार मल्लको पाँच हजार २११ मत आयो ।

राप्रपाबाट विजयीहरु

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै राप्रपाका दीपक बोहरा विजयी भए । बोहराले ३६ हजार ७१७ मत पाउँदा कांग्रेस केन्द्रीय सदस्य खाँणले ३४ हजार ३६ मत ल्याए । 

बाँके क्षेत्र नम्बर २ मा राप्रपाका धवल शमशेर राणा विजयी भएका छन् । राणाको २९ हजार ५७७ मत आउँदा जनता समाजवादी पार्टी नेपालका मोहम्मद इश्तियाक राईको २३ हजार ५२० मत आयो । 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी भए । एमालेको समर्थन पाएका प्रधानले ३४ हजार ७६४ मत ल्याउँदा कांग्रेसका देवेन्द्रराज कँडेलको १९ हजार ५९४ मत आएको थियो ।

यस्तै, दाङ क्षेत्र नम्बर १ मा मेटमणि चौधरी लुम्बिनीमा एकीकृत समाजवादीको तर्फबाट एकल विजेता बने । मेटमणिको २६ हजार ५७६ मत आएको थियो भने उनीसँग चुनाव लडेकी एमालेकी शान्ता चौधरीको २१ हजार ४९३ मत आएको थियो ।

यता, लुम्बिनीमा लोसपाबाट एक्ला विजेता सर्वेन्द्रनाथ शुक्ल रहे । रुपन्देही क्षेत्र नम्बर ४ बाट चुनाव जितेका शुक्लले २८ हजार मत ल्याउँला कांग्रेसका प्रमोद यादवले २२ हजार ७०४ मत ल्याए । 

लुम्बिनीमा यसपटक जित निकाल्ने एकमात्र स्वतन्त्र उमेदवार बर्दिया २ का लालवीर चौधरी बने । चापाकल चिह्नमा चुनाव लडेका ६७ वर्षीय चौधरीले २६ हजार ५२० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेश पन्थ २६ हजार ३८४ मत ल्याएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro