site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तरीको सुरुङ्गा बन्यो बालविवाह मुक्त घोषणा हुने पहिलो नगरपालिका

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको छ । क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले नगरपालिका बालविवाह मुक्त भएको घोषणपत्र वाचन गरेर नगर प्रमुख गीता चौधरीलाई हस्तान्तरण गरे ।

मधेस प्रदेशमा बालविवाह मुक्त घोषणा गरिएको यो पहिलो नगरपालिका हो । २० साउन २०७९ मा नगरपालिकाले गरेको निर्णय अनुसार ‘सुरुङ्गा नगरपालिकाको बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०७९’ स्वीकृत गर्दै १४ वटा सूचक तोकेर अभियान थालेको घोषणा सभामा प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Photo31669811735.jpg

शर्माले निर्देशिकाबमोजिम नगरपालिकाको प्रत्येक घरमा गएर सर्वेक्षण गरी छलफल चलाएको र बालविवाह न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समाजका सबै अगुवासँग अभिमुखीकरण गरेर बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको बताए ।

“समाजका पण्डित, पुरोहित, अभिभावकसहित सरोकारवाला सबैसँग छलफल गरेर बालविवाह नगर्ने नगराउने र बालविवाह गर्नेको भोज भतेरमा समेत नजाने प्रतिबद्धता गराइएको थियो,” प्रतिवेदन पढ्दै शर्माले भने ।

Photo21669811737.jpg

सेभ द चिलड्रेनको सहयोग र सबल नेपालको सहजीकरणमा अभियान सफल भएको उनले बताए ।

०७८ मंसिर देखि हालसम्म १८ वर्ष मुनीका एकजनाले विवाह गरेकोर २० वर्ष भन्दा मुनिको १८ जनाले विवाह गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, "अन्य जिल्लामा गई विवाह गरेको, भागी जाने, केटी भगाई ल्याउने र कम उमेरकी बेहुली समेत तथ्यांकमा जोडिएर १८ पुगेको हो ।"

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्