site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेयर बालेन साहलाई ज्यान मार्ने धम्की !
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहलाई सुकुम्बासी बस्तीका एक स्थानीयले ज्यान मार्ने धम्की दिएका छन् । सोमबार सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन पुगेको महानगर प्रहरीसहितको टोलीमाथि स्थानीयले आक्रमण गरेका थिए ।

नगर प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनौँ नगर प्रहरी घाइते भएका छन् ।

झडपकै क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा स्थानीय एकजनाले मेयर शाहको ज्यान अब खतरामा रहेको अभिव्यक्ति दिएका हुन् ।

"‘बालेन साहको ज्यान अब खतरामा हुन्छ । मर्न पनि हामी ज्यान नै दिन्छौँ, सके त्यसलाई पनि मार्छौं हामीले," ती व्यक्तिले भनेका छन् ।

सो भिडियोलाई बालेन आफैँले सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न पनि उठाएका छन् । 

"देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?," बालेनले लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro