site stats
देश
सुकुम्वासी बस्ती हटाउन नदिन खुकुरी लिएर प्रदर्शनमा उत्रिए स्थानीय (१० तस्बिर)
तस्बिरहरू : सुनील प्रधान/बाह्रखरी ।

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा स्थिति तनावग्रस्त बनेको छ । सोमबार काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् ।

स्थानीय खुकुरी समेत लिएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीको ढुंगा लागी करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरी बलका एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

S.A.U
Agani Group

एसपी पाण्डे समेत घाइते भएका छन् । ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ ।

सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

Global bank

थप तस्बिर हेर्नोस्–

pt21669630543.jpg

idkfsmg1669630543.jpg

pt41669630541.jpg

pt31669630541.jpg

pt61669630539.jpg

pt51669630539.jpg

pt71669630537.jpg

pt91669630535.jpg

pt81669630535.jpg

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्