विदेश

काठमाडौं । अमेरिकी नागरिक कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएका तस्बिरबारे काठमाडौंस्थित अमेरिकी दूतावासले स्पष्टीकरण दिएको छ ।
आइतबार दूतावासले फेसबुकमार्फत उक्त हिउँ चितुवाको तस्बिरको आधिकारिकता पुष्टि गर्न नसकिएको स्वीकार गरेको छ ।
ती तस्बिर आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट मेटाउने दूतावासले जनाएको छ । दूतावासले केही साताअघि फेसबुकमा प्रकाशित गरेका ती तस्बिर मेटाउने जनाएको हो ।
अलपाइनम्यागडटकमले ती चारमध्ये तीन तस्बिर झुटो भएको विश्लेषणसहित जिकिर गरेको थियो ।
कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाका तस्बिर झुटो
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १३:१८
प्रतिक्रिया दिनुहोस्