site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनी प्रदेशमा कसैको पुग्दैन एकल बहुमत, माओवादी नै निर्णायक !
Sarbottam CementSarbottam Cement

बुटवल । ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशसभा सदस्यतर्फ रुपन्देही–३ ‘ख’को अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा (एमाले)ले बराबर १७/१७ स्थानमा जितेका छन् । मतगणना जारी रहेको रुपन्देही–३ ‘ख’ मा एमाले उमेदवार झिनो मतान्तरले अगाडि छन् ।

यहाँ माओवादी केन्द्र पाँच, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान दुई/दुई क्षेत्रमा विजयी भएका छन् । जनमत पार्टीले एक र तीन क्षेत्रबाट स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । स्वतन्त्रमध्ये एकले माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका थिए ।

एमाले र माओवादी मिल्ने सम्भावना कति ?
केन्द्रमा एमाले र माओवादी मिलेर सरकार बनाउने अवस्था बनेमा लुम्बिनीमा त्यस्तै हुनसक्छ । निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन संवाद भएकाले पनि सो सम्भावना बारेमा चर्चा सुरु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एमाले र माओवादीसहितको सरकार बनेमा राप्रपा र जसपा पनि त्यसमा सहभागी हुनसक्छन् । समानुपातिकतर्फको मतपरिणाम आइनसकेको अवस्थामा प्रत्यक्षमा एमालेले १७ स्थानमा जितेको छ । एक स्थानमा जितनजिक छ । माओवादी ६ (एक स्वतन्त्रसहित) र जसपा र राप्रपाका दुई/दुई प्रदेशसभा सदस्य हुनेछन् । यसरी हेर्दा २७ प्रत्यक्ष सांसद हुनेछन् । प्रतिपक्षमा २६ सांसद रहनेछन् ।

यदि, एमालेले बाँकी रहेको स्थानमा जितेमा र स्वतन्त्र विजेता, उन्मुक्ति र लोसपालाई सरकारमा सहभागी बनाएमा बहुमत पुग्नेछ । तर, यो सम्भावना निकै कठिन देखिन्छ ।

Global Ime bank

अर्कोतर्फ, एमालेले कांग्रेस र माओवादीलाई छाडेर सरकार बनाउन खोजेमा आफ्नो १७, अग्रता रहेको स्थानमा जितेमा एक, नागरिक उन्मुक्ति, जसपा, लोसपा, राप्रपाका दुई/दुई, जनमत एक र स्वतन्त्र विजेता दुई (एक माओवादीमा फर्कन सक्ने भएकाले) गरी २९ सांसद हुनेछन् । यसो गर्दा प्रतिपक्षमा २३ सांसद हुनेछन् ।

कांग्रेस र माओवादीसहितको सरकारको सम्भावना बलियो
संघमा पनि अहिलेको गठबन्धनकै सरकार बन्न सक्ने गरी मतपरिणाम सार्वजनिक भएको छ । सोही गठबन्धनकै सरकार बनेमा लुम्बिनी प्रदेशमा पनि कांग्रेस, माओवादीसहितको सरकार बन्न सक्छ । कांग्रेसका १७, माओवादीका ६ (एक स्वतन्त्रसहित) र लोसपाका दुई सांसद (प्रत्यक्ष निर्वाचित)सहितको सरकार बन्न सक्छ ।

उक्त सरकार बलियो बनाउन उन्मुक्ति पार्टी, जनमत र स्वतन्त्र विजेतालाई सरकारमा ल्याउने प्रयास भएमा ३० जना सत्तापक्षीय प्रदेशसभा सदस्य हुनेछन् । एमालेका १७, जसपाका दुई र राप्रपाका दुई गरी २१ जना प्रतिपक्षमा रहन सक्नेछन् ।

कुन जिल्लामा कुन दलले कति सिट जिते ?
१. गुल्मी 
एमाले – तीन
कांग्रेस – एक

२. पाल्पा
एमाले – दुई
कांग्रेस – एक
माओवादी केन्द्र – एक

३. अर्घाखाँची
एमाले – दुई

४. रुपन्देही
एमाले – तीन
राप्रपा – एक
कांग्रेस – दुई
लोसपा – दुई
जनमत पार्टी – एक

५. कपिलवस्तु
एमाले – चार
राप्रपा – एक
कांग्रेस – एक

६. रुकुम पूर्व
स्वतन्त्र – एक
कांग्रेस – एक

७. रोल्पा 
माओवादी केन्द्र – एक
स्वतन्त्र – एक (माओवादीका ‘बागी’ हुन् ।)

८. प्युठान 
कांग्रेस – एक
एमाले – एक

९. दाङ
माओवादी – दुई
कांग्रेस – चार

१०. बाँके
माओवादी – एक
एमाले – दुई
कांग्रेस – एक
जसपा – दुई

११. बर्दिया
कांग्रेस – दुई
उन्मुक्ति पार्टी – २

१२. नवलपरासी
स्वतन्त्र – एक
कांग्रेस – तीन

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC