site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिमका ५ जिल्लाबाट प्रतिनिधि र प्रदेशसभामा एमाले शून्य
Sarbottam CementSarbottam Cement

डडेलधुरा । १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा बाजुराबाहेक सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । 

प्रतिनिधिसभातर्फ सात क्षेत्रमा नेपाली कांग्रेस, तीनमा नेकपा (एकीकृत समाजवादी), तीनमा नागरिक उन्मुक्ति पार्टी र दुईमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रदेशसभातर्फ ११ मा कांग्रेस, आठमा नेकपा (माओवादी केन्द), पाँचमा नागरिक उन्मुक्ति, तीनमा एमाले, दुईमा एकीकृत समाजवादी र एक क्षेत्रमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १६ मध्ये ११ र प्रदेशमा ३२ मध्ये १७ सिट जितेको एमाले यसपटक भने प्रतिनिधिसभामा दुई र प्रदेशसभामा तीन क्षेत्रमा समेटिएको छ । प्रदेशका आठ जिल्लामध्ये एमाले कैलाली, डडेलधुरा, दार्चुला, बझाङ र अछाम जिल्लामा भने प्रदेश र प्रतिनिधि दुवैतर्फ निल भएको छ । 

एमालेले कञ्चनपुर र बैतडीमा प्रदेश र प्रतिनिधिसभातर्फ १÷१ सिट जितेको छ भने डोटीको एउटा प्रदेशसभा जितेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका तारा लामा तामाङ र बैतडीमा प्रतिनिधिसभातर्फ दामोदर भण्डारी विजयी भएका छन् । कञ्चनपुर १ (१)मा एमालेका वीरबहादुर थापा, डोटी १ (१) मा चक्र मल्ल र बैतडी १ (१) मा सुरेन्द्रबहादुर पाल विजयी भएका छन् । 

Global Ime bank

प्रधानमान्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पनि एमाले निल भएको छ । डडेलधुरामा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट चक्र स्नेहीले उमेदवारी दिएका थिए । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै उनको उमेदवारी फिर्ता गराउदै बीपी कांग्रेसका कर्णबहादुर मल्ललाई समर्थनको घोषणा गरेका थिए ।

प्रदेशसभा (१) मा पूर्वप्रदेशमन्त्री पठानसिंह बोहरा र (२) मा गजेन्द्र शाहीको एमालेबाट उमेदवारी थियो । तर, बोहरा र शाहीले चुनाव हारेका छन् । ०७४ सालको निर्वाचनमा कांग्रेसका रघुबर भट्टलाई पराजित गर्दै एमालेका बोहरा निर्वाचित भएका थिए । 

दार्चुलामा पनि एमाले ‘क्लिन स्विप’ भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना उमेदवार थिए । उनलाई उद्योग मन्त्रीसमेत रहेका कांग्रेस उमेदवार दीलेन्द्रप्रसाद बडूले पराजित गरेका छन् । प्रदेश (१) मा एमालेका हरदेव जोशीलाई पराजित गर्दै कांग्रेसका विक्रम धामी विजयी भए । प्रदेशसभा (२) मा माओवादीका मानबहादुर धामीसँग एमाले उमेदवार रामदत्त जोशी पराजित भएका छन् । 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको अछाममा पनि एमाले शून्य भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका झपट बोहरालाई पराजित गर्दै एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भए । क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाहीसँग एमाले उमेदवार यज्ञबहादुर बोगटी पराजित भएका छन् । प्रदेशतर्फ अछाम १ (१) मा कांग्रेसका मेघराज खड्कासँग एमालेका देवबहादुर कुँवर पराजित भएका छन् भने १ (२) मा एमालेका कृष्णप्रसाद जैशी माओवादीका झपट साउदसँग पराजित भएका छन् । 

बझाङ जिल्लामा पनि एमाले यसपटक निल भएको छ । प्रतिनिधिसभातर्फ एकीकृत समाजवादीका भानुभक्त जोशीले एमाले उमेदवार ऐन महरलाई पराजित गरे । प्रदेश (१) मा कांग्रेसका पृथ्वीबहादुर सिंहले एमाले उमेदवार अफिलाल ओखेडालाई पराजित गरेका छन् । प्रदेश (२) मा माओवादी केन्द्रका भीमबहादुर भण्डारीले एमाले उमेदवार लालबहादुर रावललाई पराजित गरेका छन् । 

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा पनि एमाले प्रदेश र प्रतिनिधिसभातर्फ निल भएको छ । यहाँ प्रतिनिधिसभा सदस्यका तीन सिट नागरिक उन्मुक्ति पार्टीले जितेको छ भने दुई क्षेत्रमा कांग्रेस विजयी भएको छ । 

प्रदेशसभा सदस्यका १० सिटमध्ये पाँच क्षेत्रमा नागरिक उन्मुक्ति, तीन क्षेत्रमा कांग्रेस तथा एक/एक क्षेत्रमा एकीकृत समाजवादी र माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । ०७४ को निर्वाचनमा बाम गठबन्धन कैलालीका पाँचमध्ये चार क्षेत्रमा विजयी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC