site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुसी क्षेप्यास्त्र आक्रमणमा नवजात शिशुको मृत्यु 
Ghorahi CementGhorahi Cement

किभ । युक्रेनको दक्षिणी जापोरिझझिया क्षेत्रको एउटा प्रसूति कक्षमा रुसी क्षेप्यास्त्र प्रहारको कारण एक नवजात शिशु मारिएको आपत्कालीन सेवाले जनाएको छ ।

घटनाको बेला अस्पतालको सो कक्षमा ती शिशुकी आमा र एकजना डाक्टर मात्र रहेका थिए । उनीहरूलाई भने भग्नावशेषबाट सकुशल उद्धार गरिएको छ । 

Agni Group

युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले रुसले आफ्नो मुलुकमा 'आतंक र हत्या' ल्याएको आरोप लगाएका छन् । प्रमुख आणविक भट्टी रहेको जोपोरिझझियामाथि रुसले पटकपटक आक्रमण गर्दै आएको छ । 

युक्रेनी आपत्कालीन सेवाले मंगबार राति युद्धको अग्रमोर्चा नजिकको युक्रेनी नियन्त्रणमा रहेको भिल्न्यान्स्कस्थित सो अस्पतालमा रुसले क्षेप्यास्त्रहरू प्रहार गरेको जनाएको छ । सो क्षेत्र युक्रेनको कब्जामा रहे पनि गत सेप्टेम्बरमा आफ्नै शैलीको जनमतसंग्रह गरेयता रुसले सम्पूर्ण जापोरिझझिया क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । 

Global Ime bank

त्यसैगरी युक्रेनी अधिकारीहरूले खार्किभ क्षेत्रको एउटा आवासीय भवनमा बुधबार भएको गोलाबारुद प्रहारमा दुईजना मानिसको ज्यान गएको जनाएका छन् । युक्रेनी फौजले गत सेप्टेम्बरमा खार्किभ रुसी फौजको कब्जाबाट फिर्ता लिएको थियो । 

जेलेन्सकीले रुसले नौ महिना लामो युद्धमा कुनै उपलब्धि हासिल गर्न नसकेपछि अन्तत आतंक र हत्याको सहारा लिने प्रयास गरिरहेको बताएका छन् । नौ महिने युद्धको दौरान रुसले थुप्रै चिकित्सकीय क्षेत्रमा हमला गरिसकेको छ । 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अहिलेसम्म रुसले युक्रेनका स्वास्थ्य पूर्वाधारमा ७०३ पटक आक्रमण गरिसकेको जनाएको छ । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC