site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाको अपराजित यात्रा कायमै, किल्ला जोगाउँदै सातौँपटक सांसद बन्न सफल

डडेलधुरा । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ देखिको आफ्नो किल्ला जोगाउन यसपटक पनि सफल भएका छन् । देउवाले २५ हजार ५३४ मतसहित आफ्नो किल्ला जोगाएर अपराजित यात्रा कायम राखेका हुन् ।

सातौँपटक विजयी हुने क्रममा देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गरे । ढकालले १३ हजार ४२ मत पाए ।

नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले सात हजार ५३५ मत पाए ।

देउवा यसअघि ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा डडेलधुराबाट विजयी भइसकेका छन् ।

विद्यार्थी जीवनमै उच्च शिक्षा अध्ययनका सिलसिलामा डडेलधुराको असिग्राम रुवाखोलाबाट राजधानी छिरेका देउवा ०४८ मा मात्र चुनाव लड्न गृहजिल्ला पुगेका थिए ।

यद्यपि ०४२ को बमकाण्डमा देउवाको नाम पनि चर्चित भएको थियो । ०५१ को मध्यावधि चुनावमा राष्ट्रिय जनमोर्चाका खेमराज भट्ट ‘मायालु’ देउवाका लागि चुनौती बनेका थिए । देउवाले उनलाई ०५६ मा कांग्रेस भित्र्याएका थिए ।

प्रधानमन्त्री देउवालाई जित्न अति नै कठिन बन्यो ०६४ को संविधानसभा निर्वाचन । माओवादी नेता खगराज भट्ट उनका प्रतिस्पर्धा थिए । करिब १३ सय मतान्तरले देउवा जिते । त्यसपछिका अन्य दुई चुनावमा पनि देउवाले खगराजलाई पराजित गरेका थिए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro