site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी केन्द्र ‘क्लिन स्विप’ हुने खतरा
Sarbottam CementSarbottam Cement

डडेलधुरा । प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एउटाको मात्र अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । त्यहाँबाट निर्वाचित भएका नागरिक उन्मुक्ति पार्टीका नेता गंगाराम चौधरी संघीय संसद्मा ‘इन्ट्री’ गर्दै छन् । उनी कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट विजयी भएका हुन् ।

गंगारामले पूर्वमाओवादी दुई सहकर्मीलाई पराजित गरे । नेकपा (एमाले)का गौरीशंकर चौधरी र नेकपा (माओवादी केन्द्र)का उमेदवार कृष्णकुमार चौधरीलाई हराएका हुन् । गंगारामले २३ हजार १२० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उमेदवार एवं माओवादी केन्द्रका नेता कृष्णकुमारले १७ हजार ७४९ मत पाए । एमालेका गौरीशंकरले नौ हजार ८७४ मत ल्याए ।

बाँकी १५ मध्ये १३ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । दुई क्षेत्रमा अझै मतगणना सुरु भएको छैन । मतगणना जारी रहेका मध्ये पाँच क्षेत्रमा नेपाली कांग्रेसका उमेदवारले अग्रता लिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, एमालेका उमेदवारले चार, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका उमेदवारले दुई/दुई निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।

डडेलधुरा, अछाम–२, कञ्चनपुर–२, ३ र दार्चुलामा कांग्रेसका उमेदवारको अग्रता छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा सुरुआतदेखि लिएको अग्रता कायम छ । १९ हजार ५९६ मतगणना हुँदा उनले नौ हजार ७७३ मत पाएका छन् । यस्तै, स्वतन्त्र उमेदवार सागर ढकालले पाँच हजार १९३ र नेपाली कांग्रेस (बीपी)का उमेदवार कर्णबहादुर मल्लले दुई हजार ६९४ मत पाएका छन् ।

Global Ime bank

दार्चुलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका कांग्रेसका उमेदवार दिलेन्द्रप्रसाद बडूको अग्रता कायमै छ । आठ हजार ४१८ मतगणना गरिँदा बडूले चार हजार ३०० मत ल्याएका छन् । एमाले उमेदवार गणेशसिंह ठगुन्नाले तीन हजार ८९० मत पाएका छन् ।

यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ र ३ मा पनि कांग्रेसका उमेदवारको अग्रता छ । २ नम्बर क्षेत्रमा एनपी साउदले ६ हजार ६९ मतसहित ‘लिड’ गरिरहेका छन् । एमालेका नरबहादुर धामीले पाँच हजार २६९ मतसहित पछ्याइरहेका छन् ।

कञ्चनपुर–३ मा कांग्रेसका रमेश लेखकले फराकिलो मतान्तर बनाएका छन् । उनले १० हजार १६४ मत पाएका छन् । एमालेकी निरुदेवी पालले पाँच हजार ९०४ मत ल्याएकी छिन् ।

अछाम निर्वाचन क्षेत्र नम्बर–२ मा पनि कांग्रेस उमेदवारको अग्रता छ । कांग्रेसका पुष्पबहादुर शाही नौ हजार ५३ मतसहित अगाडि छन् । एमालेका उमेदवार यज्ञबहादुर बोगटी ६ हजार ३७ मतसहित दोस्रो स्थानमा छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–४ र ५, बैतडी र कञ्चनपुर–१ एमालेका उमेदवारको अग्रता छ । बैतडीमा एमालेका दामोदर भण्डारीले चार हजार ९१४ मतसहित लिड गरिरहेका छन् । माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले चार हजार ५२३ मतसहित पछ्याइरहेका छन् ।

कैलाली–४ मा १७ हजार ७६५ मतगणना हुँदा एमालेका लेखराज भट्टले सात हजार ५२७ मत पाएका छन् । कांग्रेसका वीरबहादुर बलायरले ६ हजार ८४३ मतसहित पछ्याइरहेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका उमेदवार तारा लामा तीन हजार ७०३ मतसहित अगाडि छन् । माओवादी केन्द्रकी बीना मगर एक हजार ७४४ मतसहित दोस्रो स्थानमा छिन् ।

डोटी र अछाम–१ मा एकीकृत समाजवादीका उमेदवारको अग्रता छ । डोटीमा १४ हजार ६८ मतगणना हुँदा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले सात हजार ७६२ मत पाएका छन् । एमालेकी गौरी ओली चार हजार ५३६ मतसहित दोस्रो स्थानमा छिन् ।

अछाम निर्वाचन क्षेत्र नम्बर–१ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १० हजार २९० मतसहित अगाडि छन् । एमालेका झपट बोहराले ६ हजार २६४ मत पाएका छन् ।

एउटा निर्वाचन क्षेत्रमा विजयी भइसकेको नागरिक उन्मुक्ति पार्टीले कैलाली–१ र २ मा सुरुवातदेखिको अग्रता कायम राखेको छ । कैलाली–१ मा नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठले ६ हजार ५७९ मतसहित लिड गरिरहेकी छन् । कांग्रेका रामजनम चौधरी चार हजार २६० मतसहित दोस्रो स्थानमा छिन् ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा नागरिक उन्मुक्ति पार्टीकै उमेदवार अगाडि छन् । ६ हजार ५४७ मतगणना गर्दा सो पार्टीका अरुणकुमार चौधरीले अग्रता लिएका हुन् । चौधरीले दुई हजार ४३८ मत पाएका छन् । माओवादी केन्द्रका भगतबहादुर बडुवाल एक हजार ८३४ मतसहित दोस्रो स्थानमा छन् । एमालेका उमेदवार झपटबहादुर रावलले एक हजार ६७० मत ल्याएका छन् ।

१६ मध्ये भागबन्डा गर्दा सत्ता गठबन्धनमा आबद्ध दल माओवादी केन्द्रले चार क्षेत्र पाएको थियो । एउटामा पराजित भइसकेको छ । कञ्चनपुर–१, बैतडी र कैलाली–२ मा माओवादी केन्द्रका उमेदवार पछाडि छन् । सोहीअनुसार माओवादी केन्द्र सुदूरपश्चिममा ‘क्लिन स्विप’ हुने खतरा बढेको छ ।

बझाङमा भने केही समयपछि मात्र मतगणना सुरु हुनेछ । त्यहाँ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका भानुभक्त जोशी र एमालेका ऐन महर उमेदवार छन् ।

बाजुरामा मतदानका बेला भएको विवादका कारण अझै अन्योल छ । त्यहाँ कांग्रेसका बद्री पाण्डेय र एमालेका कर्ण थापा चुनावी मैदानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !