site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाजुरामा कुटपिटबाट एमाले कार्यकर्ताको मृत्यु : के भएको थियो घटना ?

धनगढी । बाजुराको त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको छ । त्रिवेणी ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर अयडीको घरमै गएर कुटपिट गरेको बताइएको छ ।

“मतदना केन्द्रको विवाद बढेपछि केही समूहले चेतनको घरमै गएर कुटपिट गरेको भन्ने खुल्नमा आएको छ”, बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, “कसले कुटपिट गरेको हो, अनुसन्धानले देखाउला ।” 

अहिले किटान गर्न सकिएको छैन प्रमुख जिल्ला अधिकारीले भने । कुटपिटबाट घाइते भएका अयडीको अछामस्थित बयलपाटा अस्पतालमा मृत्यु भएको बयलपाटा अस्पतालको प्रमुख डा. मन्दिप पाठकले बताएका छन् । 

त्रिवेणी ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । तर, एमालेले भने कांग्रेस कार्यक्रताले अयडीको घरमै गएर कुटपिट गरी हत्या गरेको आरोप लगाएको छ । अयडी घरभित्र रहेको बेला तानेर उनलाई निर्घात कुटपिट गरेको एमालेको आरोप छ । 

अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुर्याउने बित्तिकै अयडीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा सुरक्षाकर्मीले गोली चलाउँदा सञ्जिप अयडीको घटनास्थलमै मृत्यु भएको थियो । उनको मृत्यु सिछ विवादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता  सञ्जिब अयडीको मृत्यु भएको थियो । उनको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेको बताउँदै आएका छन् ।  

के भएको थियो घटना ?
प्रत्यक्षदर्शीका अनुसार मंसिर ४ गते त्रिवेणी ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदान सकिन लाग्दा विवाद सुरु भएको थियो । विवाद सुरु भएपछि प्रहरीले गोली चलाउँदा सञ्जिव अयडीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले गोली चलाएपछि कांग्रेस कार्यकर्ताले आक्रमण सुरु गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमण गर्ने भएपछि मृतक सञ्जिवले ‘छातीमै हान भनेर छाती थापेपछि उनलाई गोली लागेको थियो’ त्यसपछि विवादले उग्र रुप लिएको बताइएको छ । केही समय मतदानस्थल विवादले उग्ररुप लिएको थियो । विवादले उग्ररुप लिएपछि एक समूहले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको घरमै गएर निर्घात कुटपिट गरी घाइते बनाएको थियो । उनको अछामस्थित बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro