site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जमाल खसोगी हत्या प्रकरण : साउदी युवराजलाई अमेरिकाले दियो 'इम्युनिटी'
Tiktok banner adTiktok banner ad

वासिङटन । संयुक्त राज्य अमेरिकाले पत्रकार हत्याको अभियोग लागेका साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई 'कानुनी प्रतिरक्षा' प्रदान गरेको छ । 

उनीविरुद्ध दि वासिङटन पोस्टमा समेत कलम चलाउने गरेका चर्चित पत्रकार जमाल खसोगीको हत्या गरेको भन्दै खसोगीकी मंगेतरले मुद्दा दायर गरेकी थिइन् । 

साउदी सरकारका कडा आलोचकको रूपमा चिनिने खसोगीको सन् २०१८ को अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी कूटनीतिक नियोगमा हत्या भएको थियो । 

अमेरिकी गुप्तचर निकायले हत्याका लागि सलमानले आदेश दिएको हुनुपर्ने विश्वास व्यक्त गरेको थियो । तर अदालती कारबाहीको क्रममा अमेरिकी विदेश विभागले सलमानको साउदी प्रधानमन्त्रीको नयाँ भूमिकाको कारण उनले अहिले कानुनी प्रतिरक्षा पाउने जनाएको छ । 

खसोगीकी पूर्व मंगेतर ह्याटिस सेनिग्जले ट्विटरमा लेखेकी छन्, “अमेरिकाको यस निर्णयका कारण खसोगी आज पुन: एकपटक मरेका छन् ।"

खसोगीले स्थापना गरेको मानवअधिकार समूह 'डेमोक्रेसी फर दि अरब वर्ल्ड नाउ (डन)' सँग मिलेर सेनिग्जले आफ्ना मंगेतरको हत्यालाई लिएर युवराजबाट परिमाण नखुलेको क्षतिपूर्ति रकम माग गर्दै अमेरिकामा उनीविरुद्ध मुद्दा हालेकी थिइन् ।

मुद्दाको उजुरीमा साउदी नेता र उनका अधिकारीहरूलाई अमेरिकामा बसोबास गर्दै आएका तथा प्रजातन्त्रका हिमायती खसोगीलाई अपहरण गरी डोरीले बाँधेर लागुऔषध ख्वाएर यातना दिएपछि हत्या गरेको अभियोग उल्लेख गरिएको छ ।

एमेनेस्टी इन्टरनेसनलका महासचिव एग्नेस कोल्लामार्डले आजको 'कानुनी प्रतिरक्षा' पछि गएर 'दण्डहीनता' सम्म बन्न सक्ने बताएका छन् । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  २३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro