site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जब मरेको चितुवामाथि ‘धामी’ चढे...
Sarbottam CementSarbottam Cement

डडेलधुरा । डडेलधुरामा अहिले मेला, जात्राको रौनक छ । हरेक दिन कुनै न कुनै स्थानमा मेला भर्नेको घुइँचो हुन्छ ।

अजयमेरु गाउँपालिका–६, कनाकोटस्थित डागेश्वरी मन्दिरमा यही कात्तिक २५ गते मेला लागेको थियो । त्यसको अघिल्लो दिन रतेडी मेला लागेको थियो । २५ गते दिउसेडी मेला लाग्यो ।

डडेलधुराका सात पालिकासँगै छिमेकी जिल्ला बैतडी र भारतको उत्तराखण्डबाट समेत आठ वर्षपछि लागेको मेला भर्न दर्शनार्थी डागेश्वरी मन्दिरमा पुगेका थिए । डागेश्वरी सनातन धर्म सेवा समितिका अध्यक्ष रामदत्त पन्तका अनुसार मेलाका क्रममा विभिन्न टोलबाट निस्केका चौलो पुजारी गाउँ भण्डार घरको खलाबाट भागेश्वरी माताको दरबारमा पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही दिन डागेश्वरी मन्दिरनजिकै रहेको गंगेश्वर भन्ने स्थानमा एक युवक काम्न थाले । “स्थानीय केही व्यक्तिले मादकपदार्थ सेवन गरेर काम्न थालेको भन्दै आलोचना गर्न थाले,” कानाकोटका एक स्थानीयले भने, “तर, ती व्यक्ति धामीजस्तै काम्न थालेका थिए ।”

315467730_907274207321871_4937195123632606506_n1668331964.jpg

Global Ime bank

डागेश्वरी सनातन धर्म सेवा समितिका सचिव विष्णुदत्त पन्त भन्छन्, “अबको दुई दिनभित्र दुनियाँलाई थाहा हुने गरी चिना देखाउँछु भनेर भाव दिनुभएको थियो । दोस्रो दिन डागेश्वर मन्दिरनजिकै देवल माविबाट गाल मटेला जाने बाटोमा चितुवा मृत फेला पर्‍यो । धामीले दिएको भावको आधारमा चितुवा मरेको हाम्रो बुझाइ हो ।”

उनले थपे, “मरेको चितुवामाथि धामीलाई बसाएर भण्डारी गाउँ पुगाउने र त्यसपछि डागेश्वरी मन्दिरमा पुगाउने तयारी छ ।”

adkfmdg1668332072.jpg

 

इलाका वन कार्यालय अजयमेरुका प्रमुख सन्तोषराज भट्टका अनुसार चितुवाको घाँटीमा पासोको जस्तो घाउ छ । “मरेको चितुवा ल्याउनका लागि सो क्षेत्रमा एउटा टिम पुगिसकेको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement