site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुकार बम : विवेकशीलको शैलीमा बालेन टिमको समर्थन खोज्दै

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. १ बाट घण्टी चिह्नबाट उमेदवारी दिएका पुकार बम यसपालिको चुनावमा आफू जित्नेमा ढुक्क छन् । 

घण्टी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न हो । 

तेस्रोपटक उमेदवारी दिएका बम यसपटकको माहोल राम्रो देख्छन् । देशैभरिबाट पढेलेखेका, अनुभवी, विज्ञ र युवा उमेदवार आएकाले उनी उत्साहित छन् । 

क्षेत्र नं. १ बाट प्रकाशमान सिंहले तीनपटक जितिसकेका छन् । यसपालि पनि उनले उमेदवारी दिएका छन् । 

बम भन्छन्, “सबै ठाउँमा घरदैलो कार्यक्रम गरिरहदा उहाँ (सिंह) लाई जसरी पनि अब रोक्नुपर्छ भन्ने एक खालको केही लहर छ । त्यो लहरमा पहिले धेरैले आफ्नो मतलाई दानको रुपमा लिनुभयो । तीनपटक निसंकोच दिनुभयो ।”

“यसपटक जनताहरु सक्षम, अनुभवि परीक्षण र प्रमाणित भइसकेका युवा क्षेत्र नं. १ का जनताले खोजेका छन्,” उनले थपे, “तर यसपालि उहाँहरु मत दान नभई मत लगानी गर्दैछौँ भनिराख्नुभएको छ । जुन एकदमै राम्रो हो ।”

उनकाअनुसार २०७० र २०७४ को निर्वाचनको तुलनामा यसपटक मतदाताहरुमा आफ्नो मतलाई लिएर जागरुकता आएको छ । 

भन्छन्, “उमेदवारलाई बुझ्नुपर्छ । उसको पृष्ठभूमि र एजेन्डा के छ, भनेको एजेन्डामा अनुभव छ कि छैन भन्दै केरकार गर्न थाल्नुभएको छ । सचेत भएर मतदान गर्दै हुनुहुन्छ ।”

Pukar Bam (3)1668080663.JPG

उनकाअनुसार जनताले पुकार बमलाई नभई विगत १५ वर्षदेखि काम गरिरहेको र विभिन्न आन्दोलन तथा अभियानको नेतृत्वको आधारमा जनताले मत दिने दाबी गर्छन् । 

भन्छन्, “विभिन्न काल चरणमा मैले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला हिंसासँग जोडिएका आन्दोलन, विदेशमा बसेकालाई मतदान अधिकार, डा गोविन्द केसीको आन्दोलन, करोडौँ अर्बौँको नीतिगत र आर्थिक भ्रष्टाचारविरुद्ध आवाज र संविधान रक्षाको लडाइँलाई हेरेर मत दिनुहुन्छ भन्ने विश्वस्त छु ।”

उनी जुन एजेन्डा लिएर जनतामा मत माग्न गएका छन्, ती एजेण्डा आधाअधुरो भएको बताउँछन् । 

भन्छन्, “पानी पनि नखाई सडक संघर्षबाट ल्याएका ति एजेन्डाहरु कार्यान्वयन गर्नको लागि पनि यस चुनावमा मत दिनुहुन्छ भन्ने आशा छ । यो पुकार बमलाई होइन, उसले गरेको काम र नेतृत्वलाई हेर्नुहुनेछ ।” 

विगत छ महिनादेखि चुनावको तयारी सुरु गरेका बमले हालसम्म पाँच चरणको घरदैलो कार्यक्रम गरिरहेका छन् ।

Pukar-Bam-(4)1668080664.jpg

उनले उन्नत संविधान, खुला सिंहदरबार, खुला संसद, शिक्षामा समान पहुँच र सर्वसुलभ हुनुपर्ने, स्वास्थ्य सर्वसुलभ र सबैको पहुँचमा हुनुपर्ने, प्रवासी नेपाली नागरिकलाई मतदान गर्ने अधिकार, महिलामैत्री समाज र संविधान, सम्पदा पर्यटनलगायतका एजेण्डाहरु लिएर आएका छन् । 

यसका अलवा उनले १० वटा स्थानीय र २० वटा अन्तर्राष्ट्रिय मुद्दा पनि उनले राखेका छन् । विगतमा स्वर्गीय उज्जवल थापासँग मिलेर तत्कालिन विवेकशील पार्टी स्थापना गरेका बम अहिले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्न लिएर लड्दै छन् । 

विवेकशील पार्टी त्यसपछि साझा पार्टीसँग मिल्यो । २०७४ को चुनावमा बाग्मति प्रदेशमा तेस्रो शक्तिको रुपमा आएको थियो । 

बम भन्छन्, “रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भन्ने दस्तावेज ल्याउँदा विघटन हुने स्थितिमा आयो । तर मैले सुरुदेखि भन्दै आएको छु हामी हिजो पनि विवेकशील अभियानको रुपमा थियौँ, आज पनि र भोलि पनि अभियानको रुपमा रहनेछ । घण्टी चिह्न लिएर लडे पनि विवेकशीलकै निरन्तरताको रुपमा मैले लिएको छु ।”

यसै क्षेत्रबाट रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो उमेदवारी दिएका छन् ।  पछिल्लो चुनावमा उनले १० हजार मत कटाएका थिए । 

Pukar-Bam-(2)1668080663.jpg

विवेकशील साझा पार्टीबाट पनि शंकर बञ्जाडेले उमेदवारी दिएका छन् । यसपालिको प्रतिस्पर्धा हेर्न लायक हुनेछ ।

यस्तै, पुकार बमलाई काठमाडौँका मेयर बालेन शाहको समर्थन भन्ने समाचारबारे जिज्ञासा राख्दा उनले भने, “बालेनजीले आफैँले पुकार बमलाई समर्थन छ भनेर कुनै मञ्चबाट भन्नुभएको छैन । तर हिजो उहाँ उमेदवार हुँदा उहाँलाई जिताउन हिँडेका केही साथीहरुको भने मलाई पनि सहयोग छ । बीचमा मलाई आरोप पनि लाग्यो कि मैले उहाँको नाम बेचे भनेर । त्यस्तो होइन ।”

तर उच्च स्रोतका अनुसार उनले बालेन शाहलाई सहयोग गर्ने समूहको साथ खोजिरहेका छन् । 

शिक्षण पेशा अँगालेका बमलाई यो निर्वाचन प्रयोगात्मक लागे पनि निर्वाचन आयोगको रवैया भने उनलाई मन परेको छैन ।

नीति नियम ठूला पार्टीलाई सहयोग गर्ने र वैकल्पिक तथा स्वतन्त्र उमेदवारलाई अलि अनुदार भएको उनको आरोप छ । 

डा. तोषिमा कार्कीको केसदेखि सागर ढकालसम्मको कुरा गर्दा त्यस्तै देखिने उनको तर्क छ । 

भन्छन्, “ढकालजीलाई माइकसमेत प्रयोग गर्न नदिने तर एकदिन अघि प्रशासनकै आँखाअगाडि लाखौँको आमसभा, सयौँ बस र हेलिकोप्टर  प्रयोग गर्दा प्रशासन मौन छ । आयोगको अभ्यास देख्दा हामीले चाहेको परिवर्तन आउँदैन कि भन्ने डर पनि लागिरहेको छ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro