site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते
प्रतीकात्मक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कालीकोटमा भएको बम विष्फोटमा दुईजनाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा नगरपालिका–१०, रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको हो । तीनजना घाइते भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । 

बम विस्फोट हुँदा स्थानीय चार वर्षीया बालिका झरना थापा र सरस्वती रानाको मृत्यु भएको हो । थापाको घटनास्थलमै र चार वर्षीया सरस्वतीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो । सरस्वतीको पेटमा र झरनाको छातीमा गहिरो चोट लागेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

विष्फोटमा घाइते हुनेमा तिलागुफा नगरपालिका–१०, रानावाडका सात वर्षका कमल थापा, पाँच वर्षीया मुस्कान थापा र तीन वर्षीया दर्शना राना छन् । उपचारका लागि उनीहरूलाई हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ ।

“कमलको दाहिने हात र दुवै खुट्टा भाँचिएको छ । मुस्कानको दाहिने खुट्टामा गहिरो चोट लागेको छ । दर्शनाको पेटमा प्वाल पर्नुका साथै दुवै खुट्टामा चोट लागेको छ,” प्रमुख जिल्ला अधिकारी शर्माले बाह्रखरीसँग भने । 

Global Ime bank

उनका अनुसार घटनास्थलमा दुईवटा फलामका टुक्रा भेटिएका छन् । सकेट बम भएको आशंका गरिएको उनले जानकारी दिए । “बम कसले राखेको हो या पुरानो हो भन्ने यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ,” शर्माले भने, “थप अनुसन्धानका लागि हामीले आर्मीको टोली पनि पठाएका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय