site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दाजुभाइसहित चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोलानजिक गए राति ट्याक्टर दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ ।

५५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मैवाखोला–५, काम्सङ बस्ने ३१ वर्षीय ट्याक्टर चालक पासाङ शेर्पा, २४ वर्षीय फुर्वा शेर्पा, मैवाखोला–४, ओदक बस्ने एकाघरका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।

उनका अनुसार उनीहरू सबैको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ ।

अध्यक्ष वनेमका अनुसार ट्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सबस्टेसनबाट काम्साङ जाने क्रममा रहेका थिए । अरू दुईजना समेत घरतर्फ फर्कने क्रममा ट्याक्टरमा सवार थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro