site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्पले डसेर एक पुरुषको मृत्यु
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

वालिङ । गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।

गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“सर्पले डसेपछि अस्पतालसम्म ल्याई पु¥याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो,” सूचना अधिकारी पौडेलले भने, “यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर ग¥र्यौँ तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।” 

खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो । स्थानीयबासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय