site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अविरल वर्षाले विद्युतीय संरचनामा क्षति, विभिन्न ठाउँकाे विद्युत आपूर्ति अवरुद्ध
तस्बिर स्राेत : नेपाल विद्युत् प्राधिकरण ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ ।

विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

मुख्य रूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायत जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायत संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।  

दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको आशंका गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर पहिरोका कारण उक्त स्थानमा पुग्न नसकिएकोले यकिन हुन नसकेकाे बताए ।

प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिइएको कार्यकारी निर्देशक घिसिङले बताए । 

प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ ।

त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरू सञ्चालित छन् । प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनर्थास्थापना प्रणाली (ईआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्तिको योजना बनाएको घिसिङले उल्लेख गरे । 

"वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्‍याएको छ, चाडपर्वको बेला पनि हाम्रा कर्मचारीहरूलाई काममा खटाएर तत्काल मर्मतसम्भार तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई विद्युत आपूर्ति दिइरहेका छौँ," घिसिङले भने । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro