काठमाडौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गर्ने गरेको छ ।
कम्पनीले कर प्रयोजनबाहेक उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । तर, सेयरधनीहरूले करबापतको रकम भने तिर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ । नगद लाभांश कर प्रयोजनका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृति र कम्पनीको आगामी १२ औँ वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीले प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ ।