site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
राणाविरुद्धको आन्दोलनमा अग्रमोर्चामा रहेर लडेका तोरेन्द्रमान सिंह प्रधान

विराटनगर । विसं २००७ र त्यसअघिको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । आन्दोलनको हेडक्वार्टर भारतको पटनामा थियो । त्यो आन्दोलनमा धेरै युवा सहभागी भएका थिए ।

नेपालमा आन्दोलनको केन्द्र विराटनगर थियो । त्यही आन्दोलनमा विराटनगरका युवा तोरेन्द्रमान सिंह प्रधान पनि सक्रिय थिए । तिनै प्रजातान्त्र सेनानी प्रधानको सोमबार विराटनगरमा निधन भएको छ ।

तीन वर्षअघि स्वर्गीय प्रधानले आफू आन्दोलनमा होमिएको र त्यसबेला आफूले भोगेको विषय बाह्रखरी संवाददातासँग कुराकानीमा सुनाएका थिए । 

आफूहरूले पटनमा रहेको बेला भारतीयहरूले समेत कटाक्ष गरेको सुनाउँदै उनले भनेका थिए, “तुम्हारा देशमै आन्दोलन चलरहा है और तुम यहाँ बैठे हो ।”

यो विषयले उनीजस्ता प्रजातान्त्रिक आन्दोलनका अभियन्तालाई नछुने कुरै भएन । “मलाई त भारतीयको यस्तो कटाक्षले मुटुमा काँडा रोपेजस्तै भयो,” तोरेन्द्रमानले सुनाएका थिए । 

प्रजातान्त्रिक आन्दोलनको सुरुवात गर्दै गर्दा विराटनगरमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जुटमिल्समा मजदुर आन्दोलन सुरु भएको थियो । त्यसबेला युवाहरूलाई आन्दोलनमा जोड्ने सेतुको काम उनले नै गरेका थिए । 

मिल क्षेत्रको हड्ताली हाटमा सुरु गरिएको आन्दोलनको नेतृत्व कोइरालाले गरे । उनीसँगै स्वर्गीय मनमोहन अधिकारी पनि उद्योगमा काम गर्थे । उनी पनि आन्दोलनका सारथि थिए । विराटनगर जुट मिल्सबाट सुरु भएको आन्दोलनको समग्र नेतृत्व कांग्रेसले गरेको थियो । छरिएर रहेका युवालाई गिरिजाप्रसादले नै मोर्चामा समेटेका थिए । तिनैमध्येका एक प्रधान पनि थिए । 

त्यसबेलको कुरा सुनाउँदै प्रधानले भनेका थिए, "भारतको आन्दोलन देखेपछि स्वतन्त्रताको आन्दोलन के र कस्तो गर्नुपर्ने रहेछ भन्ने हामीलाई थाहा भयो । त्यो भारतमा पनि देखियो । हामी भारतमा थियौँ । पछि जनकपुरमा भेला भएका थियौँ । हतियार नै थिएन । तीन नालको बन्दुक थियो । दुई वटा रिभल्बर थियो । तीन चारवटा ह्यान्ड ग्रिनेड थियो ।"

उनलाई उनले अगाडि भनेका थिए, “मलाई त बुबाहरूले नै बन्दुक चलाउन सिकाउनु भएको थियो । मैले बुबाहरूले गरेरै हतियार चलाउन सिकेको हो । अहिले पनि राम्रो चलाउन सक्छु । मातृका बाबु र बीपीसँग पटनामा भेटघाट थएको थियो । उहाँहरू उतै बसेर आन्दोलनको योजना बनाउनु हुन्थ्यो ।”

उनले थप तालिम रिटायर्ड क्याप्टेनबाट लिएका थिए । त्यसबेला प्रजातान्त्रिक सेनानीसँग लाठीभाला जस्ता हतियार धेरै भएपनि बन्दुक, ग्रिनेड, रिभल्बर भने अति न्यून हुन्थ्यो । 

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको आन्दोलनमा पच्चीस हजार मजदुर संलग्न थिए । विराटनगरमा आन्दोलनको केन्द्र थियो । कुशाहा जहाँबाट राणा फौज आउँदै थिए, त्यसलाई राक्ने ठूलो प्रजातन्त्र सेनानीका लागि ठूलो चुनौती थियो । र, विराटनगरबाट बडा हाकिमको निवास घेरा हाल्ने अर्थात् त्यहाँ आक्रमाण गर्नुपर्ने अर्को चुनौती थियो । राण शासकको सुरक्षा घेरा तोड्ने रणनीतिअनुसार ट्याक्टरलाई ट्यांकर बनाइएको थियो । प्रजातन्त्र सेनाले आक्रमण गरेर बडा हाकिम निवासको पर्खाल भत्काएर अघि बढेपछि मात्र उनीहरूले हार मानेका थिए । 

प्रजातन्त्र प्राप्तिका लागि लडेका उनै प्रजातन्त्र सेनानी तोरन्द्रमान सिंह प्रधानको सोमबार निधन भयो । विराटनगर महानगरपालिका वडा नम्बर १० निवासी सिंहको सोमबार ९३ वर्षको उमेरमा निधन भएको हो । प्रधान मुटु र स्वास्स प्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिए । आफ्ना बुबाको श्राद्ध गरेपछि आइतबार स्वस्थ्य समस्या देखिएपछि उनलाई न्युरो अस्पताल भर्ना गरिएको थियो ।

२००७ सालको क्रान्तिमा प्रजातन्त्र प्राप्ति गर्न सिंह अग्रमोर्चामा थिए । उनी पदबाट सधैँ टाढा बस्न रुचाउँथे । पछिल्लो समय राजनीतिबाट पनि परै थिए ।

सिंहलाई अन्तिम श्रद्धाञ्जली दिन पार्थिव शरीर निज निवासमा राखिएको छ । उनको अन्त्येष्टि मंगलबार सिंघिया घाटमा गरिने नेपाली कांग्रेसका विराटनगर महानगर समिति सभापति दीपक चापागाईंले जानकारी दिए । प्रधानका तीन छोरी र श्रीमती छन् ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  २१:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro