site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए 

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ ।  बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए ।

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोज कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको प्रतिक्रिया दिए ।  उनले भने, “बेपत्ता बालकमध्ये एक जनाको अभिभावकसमक्ष पुगेको र बालकहरू सुरक्षित रहेको जानकारी हामीसँग छ । अन्य २ बालकका अभिभावक जाँदै हुनुहुन्छ । त्यसपछि थप अनुसन्धान सुरु हुन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यता बालकहरूले विद्यालय जानको लागि देबीनगर बुद्धनगर पुलमा पुगेको समयमा गाडीमा राखेपछि कुनै याद नभएको प्रतिक्रिया दिएको आफन्तले बताएका छन् ।

संशोधन गरिएको*


 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्