site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसंघका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन् । उनलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे ।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन राष्ट्रसंघका महासचिवद्वारा जारी गरिएको साझा एजेन्डा र ‘एक्सन फर पिस किपिङ’ कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्तिसुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए ।

उनले अरू देशका प्रहरी प्रमुखसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा चर्चा गरिएको जानकारी दिए ।

Global Ime bank

उनीसँगै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि उक्त सम्मेलनमा भाग लिन अमेरिका गएका थिए । यही भदौ १५ देखि १७ गतेसम्म भएको उक्त सम्मेलनमा १८१ देशका प्रहरी प्रमुखको सहभागिता थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय