site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हप्तामै किलोको ६० रुपैयाँसम्म सस्तियो तरकारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा हप्तादिनमै किलोको ६० रुपैयाँसम्म तरकारीको मूल्य घटेको छ । वर्षा कम हुँदै गएकोले बिग्रिएको बाटो सहज बन्दै जानु, मौसमी तरकारीको उत्पादन बढ्नु, तिजलगायत तरकारीको बढी खपत हुने चाडपर्व टर्नु आदि कारणले मूल्यमा प्रभाव परेको सरोकारवालाहरुको भनाइ छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गएको हप्ता प्रतिकिलो २ सय ५५ रुपैयाँ थोक मूल्य रहेको हरियो धनिया मंगलबार ६० रुपैयाँ घटेर १ सय ९५ मा झरेको छ । त्यस्तै गएको हप्ता प्रतिकिलो ८२ रुपैयाँ रहेको बोडी, ७२ रुपैयाँ रहेको भिन्डी, ८२ रुपैयाँ रहेको घिउ सिमी, ५८ रुपैयाँ रहेको हरियो फर्सीको मूल्यमा पनि क्रमशः ३०, २४ र २०–२० रुपैयाँ घटेको छ । घटेर ती तरकारीको प्रतिकिलो थोक मूल्य ५२, ४८, ६२ र ३८ रुपैयाँ भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी गोलभेडामा १७ रुपैयाँ, घिरौलामा १४, सुकेको प्याजमा २, भटमास कोशा, लौका र परवरमा १०–१० रुपैयाँ घटेको छ । घटेर ती तरकारीहरुको मूल्य क्रमशः ६८, ३८, ४४, ५८, ३८ र ४८ भएको छ । साथै चिचिण्डो, स्कुस लगायका दर्जनबढी तरकारीको मूल्य घटेको समितिले जनाएको छ ।  

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक विनय श्रेष्ठले वर्षा सकिँदै गएकोले बाटोघाटो सुधिँदै गएको, तरकारीको उच्च माग रहने तिज लगायतका पर्वहरु टरेको आदि विभिन्न कारणले तरकारीको माग घट्न गई मूल्यमा प्रभाव परेको बताए ।

Global Ime bank

“गोलभेडा र मौसमी तरकारीहरुको उत्पादन सहज बनेको छ,” उनले भने, “कालिमाटीमा दैनिक ६–७ सय टनको तरकारी भित्रिरहेको छ ।” त्यसैले पनि तरकारीहरुको मूल्य सामान्य हुँदै गएको उनको बुझाइ छ ।

त्यस्तै, समितिका सदस्य अर्जुन सिलवालले पनि बढी मात्रामा उपत्यकामा तरकारी भित्रिनु तथा नजिकिँदै गएकोे निर्वाचनको कारणले तरकारीको मूल्य घटेको बताए । “उपत्यकामा भित्रिने गरेको तरकारी रोकिएको छैन,” उनले भने, “यद्यपि तरकारीको खपत केही कम भएको छ ।” उनका अनुसार तरकारी बढी मात्रामा खपत गर्ने सुरक्षाकर्मीसमेत चुनावको लागि सम्बन्धित क्षेत्रमा प्रस्थान गरिसकेका छन् ।

काठमाडौं उपत्यकामा भित्रिने अधिकांश मौसमी लगायतका तरकारीहरु नजिकैको मकवानपुर, काभ्रे, धादिङ, भक्तपुरलगायत जिल्लाहरुबाट भित्रिने गरेको छ ।     
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय