site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भुटानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली युवा टोलीले आज साफ यू–१७ च्याम्पियनसिपमा तुलनात्मक रूपमा कमजोर भुटानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र भुटानबीचको खेल कोलोम्बो रेस कोर्स मैदानमा साँझ ८ः१५ बजे सुरु हुनेछ ।

श्रीलंकामा जारी प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । भुटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । भारतले भुटानलाई ३–० ले हराएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो भएको र भुटानविरुद्धको खेलका लागि तयार भएको बताए । ‘‘हामीले भुटानको खेल हेरेका थियौँ । भुटानले भारतसँग राम्रो खेल्यो । गोल खाएर पनि एकनासको प्रदर्शन गरेको थियो । त्यसकारण भुटानको टिम पनि राम्रो छ,’’ नेपालका प्रशिक्षक श्रेष्ठले भने, ‘‘श्रीलंका आएर हामीले तीन–चार दिन प्रशिक्षण गर्ने अवसर पाएका छौँ । तयारी राम्रो नै छ । भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनेछौँ ।’’

नेपालको समूहमा भारत र भुटान छन् । आज भुटानलाई हराए नेपालले सेमिफाइनलमा स्थान बनाउँछ । भारतविरुद्धको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।

Global Ime bank

समूह ‘ए’मा बंगलादेश, माल्दिभ्स र श्रीलंका छन् । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ५–१ ले हराएको थियो । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय