site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
नाडाल चौथो चरणबाटै बाहिरिए
Ghorahi CementGhorahi Cement

काठमाडौं । कीर्तिमानी २३औँ ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका राफेल नाडाल यूएस ओपन टेनिसको चौथो चरणबाट बाहिरिएका छन् । नाडाल अमेरिकाका फ्रान्सेस टियाफोसँग ३–१ को सेटमा पराजित भएका हुन् ।

स्पेनका नाडाल सन् २०२२ मा ग्रान्डस्लाममा पराजित भएको यो पहिलोपटक हो । नाडालले यसअघि अष्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितेका थिए । यूएस ओपनमा चारपटकका विजेता नाडाल टियाफोसँग ६–४, ४–६, ६–४ र ६–३ को स्कोरमा पराजित भएका हुन् । 

Agni Group

‘‘आजको दिन केही विशेष रह्यो,’’ नाडाललाई हराएपछि २४ वर्षीय टियाफोले भने, ‘‘मलाई थाहा छैन के भन्ने । धेरै खुसी छु । उनी यो युगकै उत्कृष्ट खेलाडी हुन् । र, मैले उनीविरुद्ध अविश्वसनीय प्रदर्शन गरेँ ।’’

घरेलु दर्शकमाझ विजय हासिल गरेका टियाफोले अब रुसका आन्द्रे रुबलेभसँग प्रतिस्पर्धा गर्नेछन् । नवौँ वरीयताप्राप्त रुबलेभले सातौँ वरीयताप्राप्त बेलायतका क्यामरुन नोरीलाई ३–० को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । रुबलेभले नोरीलाई ६–४, ६–४ र ६–४ को स्कोरमा पराजित गरे ।

Global Ime bank

नाडालको बाहिरिएसँगै अब यसअघि यूएस ओपन उपाधि जित्ने मारिन सिलिच एक मात्र खेलाडी छन् । सिलिचले २०१४ मा उपाधि जितेका थिए । सिलिचले चौथो चरणमा तेस्रो वरीयताप्राप्त स्पेनका कार्लोस अल्कारेजविरुद्ध प्रतिस्पर्धा गर्दै छन् ।

यसअघि, यूएस ओपनको क्वार्टरफाइनलमा इटालीका माटेयो बेरेट्टिनी, कास्पर रुड, निक किर्गियोस र करिन खाचनोभले स्थान बनाइसकेका छन् । बेरेट्टिनीले रुडसँग प्रतिस्पर्धा गर्नेछन् । किर्गियोसले खाचनोभविरुद्ध खेल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu