site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको दाबी– सिट संख्यामा सहमति भइसक्यो, बिहीबारसम्म सबै टुंगो लाग्छ

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनभित्र सिट संख्यामा सत्तारूढ दलसँग सहमति भइसकेको दाबी गरेका छन् । सोमबार जनकपुरधाम आएर प्रचण्डले सिट संख्यामा सहमति भएको र क्षेत्रमा कार्यदलले छलफल गरिरहेको बताएका हुन् ।

यद्यपि उनले कुन दलले कति सिट पाए भन्ने खुलाएनन् ।

माओवादीले मधेस प्रदेशमा ९ वटा प्रतिनिधिसभाको सिटमा दाबी गरेको उनको भनाइ छ । आगामी बिहीबारसम्म क्षेत्रको पनि बाँडफाट भइसक्ने उनले बताए ।

मधेस प्रदेशमा माओवादीको ६ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् ।

नागरिकता विधेयकबारे उनले यसपटक राष्ट्रपतिले प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिए । संविधानतः राष्ट्रपतिलाई एकपटक फिर्ता गर्ने अधिकार रहेकाले अब नागरिकता विधेयक प्रमाणीकरण हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro