site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेन्ट्रल प्लाजा र राहदानी विभागमा महानगरको निरीक्षण
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले नारायण चौरस्थित सेन्ट्रल प्लाजा र त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको रेष्टुरेन्टमा निरीक्षण गरेको छ ।

भदौ ६ गतेदेखि चलेको अभियान निरन्तर जारी राख्दै निरीक्षणमा निस्किएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । “हामी निरन्तर अवैध संरचना भत्काउने अभियानमा छौँ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पाण्डेका अनुसार राहदानी विभाग अगाडिको रेष्टुरेन्टलाई हटाउन निर्देशन दिइएको छ । “दुई ठाउँमा पुगेर फर्किएका छौँ । नक्सापास हेर्दैछौँ । त्यसपछि कतै निस्कन्छौँ,” उनले भने ।

सेन्ट्रल प्लाजाका सञ्चालकले प्लाजाको अन्डरग्राउन्ड पार्किङ प्रयोजनका लागि नभएको दाबी गर्दा कारबाहीबिना नगर प्रहरी टोली फर्किएको महानगरले जनाएको छ ।

Global Ime bank

नगर प्रहरी टोलीले बैंक अफ काठमाण्डूको नक्साल शाखामा पनि निरीक्षण गरेको छ । बैंक रहेको भवनमा नक्सापासविपरीत अवैध संरचना निर्माण भए नभएकोबारे निरीक्षण गरिएको नगर प्रहरी प्रमुख एसपी पाण्डेले बताए ।

भदौ ६ गतेदेखि सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान जारी छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा नगर प्रहरीले अवैध संरचना हटाउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय