site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बारामा सरकारी अनुदानको मलमा कालोबजारी गर्ने पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । बारामा सरकारी अनुदान प्राप्त मलमा कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ कोइरीया टोल बस्ने सोही ठाउँस्थित कुश कृषि सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कालोबजारी गर्नको लागि स्टोर गरी राखेको २०९ बोरा मलखादसहित उनी पक्राउ परेका हुन् । 

सहकारी संस्थाले कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि सरकारबाट अनुदानमा खरिद गरी ल्याएको मलखाद बढी मुनाफा लिएर बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Global Ime bank

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले सहकारी संस्था तलासी गर्दा डीएपी मल ११८ बोरा र खुल्ला २७ किलोग्राम, युरीया मल २९ बोरा र खुल्ला ३८ किलोग्राम, पोटास मल ६१ बोरा र खुल्ला २७ किलोग्राम तथा खेती शक्ति मल लेखिएको फसफेट १ बोरा फेला पारेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement