site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आईएमई बैंकको तिज क्यासब्याक योजना सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले हरितालिका तिजको अवसरमा आफ्ना महिला ग्राहकहरूलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत अथवा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक पाइनेछ ।

बैंकले क्यासब्याक योजनालाई तिज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समय सापेक्ष योजनाहरु ल्याउने गरेका छ । 

देशभर २८९ शाखा कार्यालय, २७२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकले सेवा दिँदै आएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय