site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
खस्केको बजार उकास्ने जोडतोड प्रयासमा अटो व्यवसायी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गतवर्ष नेपाल राष्ट्र बैंकले सवारी खरिदको लागि ५० प्रतिशत मात्र ऋण दिने व्यवस्था गरेपछि अटो मोबाइलको व्यवसाय खस्किँदै गएको थियो । केही अटो कम्पनीहरु उठ्नै नसक्ने गरी धरासायी हुने अवस्थामा पुगिसकेको व्यवसायीको तर्क थियो ।

तर नेपाल राष्ट्र बैंकले उक्त व्यवस्थालाई केही खुकुलो बनाएर ६५ प्रतिशत पुर्याएपछि भने व्यवसायीहरुमा केही आश जागेको देखिन्छ । उनीहरु अघिल्ला महिनाहरुमा खस्केको व्यापारलार्ई यसै चाडपर्वको अवधिमा उकास्न जोडतोडका साथ लागेको बताउँछन् ।  

उनीहरुकाअनुसार नाडा अटो शोपछिको तीन महिनामा केहि महिनाअघि खस्केको सवारी साधनको बिक्री यसअघिको क्षति पूर्ति हुनेगरी हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

वर्षभरी बिक्री भएको मध्ये चाडपर्वको अवधिमा मात्रै ५० प्रतिशतसम्म सवारी साधनको बिक्री हुने अटो व्यवसायीहरु बताउँछन् ।

\"\"

Global Ime bank

फोर्ड ब्राण्डका आधिकारिक बिक्रेता जिओ अटोमोवाइल्स प्रालिका शोरुम सेल्स अफिसर किशोर महर्जनले सरकारले लोन घटाएपछि खस्केको व्यवसाय केही प्रतिशत लोन बढाएसँगै दशैँ तिहार जस्ता चाडपर्वको अवधिमा उकालो लाग्ने अपेक्षा गरेको बताए । “कम्पनीले सबैभन्दा बढी कारोबार यसै सिजनमा गर्दछ,” उनले भने “यो

फेस्टिबलको अवधिमा ५/६ सय सवारी साधनको बिक्री हुने हाम्रो आश छ ।”  कम्पनीले नाडा अटो शोलाई प्रचारप्रसारको राम्रो माध्यम बनाएको छ ।  शोमा कम्पनीले १.२ एल पेट्रोलको फिगो २१ लाख ९९ हजारदेखि १ करोड ३४ लाख रुपैयाँसम्मको ३.२ एल को फोर्डको एनडेभरसम्म स्टलमा राखेको छ । 

त्यस्तै सिप्रदी ट्रेडिङ्ग प्रालीका एसिस्टेन्ट प्रोडक्ट म्यानेजर नवराज निरौलाले पनि केहि महिनाअघिको सरकारको अटोमोबाइल सम्बन्धी नीतिको कारणले सवारी साधनको बिक्री ह्वात्तै खस्केको बताए । “केही कम्पनीहरु नराम्ररी प्रभावित भए,” उनले भने “यद्यपि पछिल्लो समय लोन बढाएकोले आश गर्ने ठाँउ बढेको छ ।” 
जसकारण खस्केको बजारलाई केही हदसम्म उकास्ने प्रयास भैरहेको छ ।

३० प्रतिशतसम्म बिक्री उकासिने उनको अनुमान छ । “गएको वर्र्ष दशैं तिहारको ३ महिनाको अवधिमा कार र जीप मात्रै ८ सय संख्यामा कम्पनीले बिक्री गरेकोे थियो,” उनले भने “तर यो वर्ष त्यतिको संख्या पुग्ने देखिँदैन ।” उनका अनुसार सुमोसहितको बिक्री जोडे मात्र ८ सय पुग्ने अनुमान छ ।

कार क्याटोगोरीमा कम्पनीले शोमा सबैभन्दा कम मूल्यको ११९२ सीसीको २० लाख ९५ हजार रुपैयाँ मूल्य रहेको इन्डीका इन्डीगोदेखि महङ्गोमा डिजेलबाट चल्ने जेस्टको ३६ लाख ९५ हजार रुपैयाँको रहेको छ ।

\"\"

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेटेड प्रालीका मार्केटिङ्ग सुवाष तामाङ्गले करिब ४० प्रतिशत मार्केट घटेको जनाए । यद्यपि पछिल्लो समय लोन बढाएसँगै कम्पनीले घटेको मार्केटको ९० प्रतिशतसम्म ‘रिकभरी’ गर्ने दावी गरे । त्यसै योजनाअनुसार कम्पनी अघि बढेको उनको भनाइ छ । “यो वर्ष कम्पनी ६÷७ हजार सबै आइटमका चार पाङ्ग्रे सवारी साधन बिक्री गर्ने लक्ष्यकासाथ अघि बढेको छ,” उनले भने “दशै तिहारको अवधिमा मात्रै हजार संख्यामा बिक्री गर्ने कम्पनीको अपेक्षा छ ।”

स्टलमा १६ लाख २५ हजारको बोलेरोदेखि महिन्द्राको एक्सयूभी ७८ लाख ५० हजार सम्मको प्यासेन्जर गाडी रहेको कम्पनीको भनाइ छ ।  

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीका सेल्स कन्सल्ट प्रज्वल महर्जनले सरकारको लोन सम्बन्धी नीतिको कारणले गएको महिनाहरुमा ५० प्रतिशत बजार डाउन भएको बताए । उनले पनि दशैँ तिहार तथा छठको अवसरमा उक्त खस्केको बजारलाई सुधार्ने दिशामा कम्पनी अघि बढेको जनाए । सोही अनुसारको योजना कम्पनीले ल्याएको उनकोे भनाइ  छ । “नाडा अटो शोको अवधिमा मात्रै कम्पनीले करिब सयओटा सवारी साधन बुकिङ्ग गर्ने अपेक्षा गरेको छ,” उनले भने ।

कम्पनीकाअनुसार प्रदर्शनीमामा  हुन्डाईको इओन ८१४ सीसीको १८ लाख ९६ हजारदेखि १ करोड २२ लाख ९६ हजारसम्मको सान्टा फे मोडलको गाडी राखिएको छ ।

त्यस्तै होन्डाका बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीका शोरुम म्यानेजर गणेश प्रसाद अधिकारीले सरकारले लोन घटाएपछि झण्डै ६० प्रतिशत घटेको बिक्री भर्खरै तग्रिदै गरेको बतए । उनले बर्षिक बिक्री हुने सवारी साधनको करिब ५० प्रतिशत सेल फेस्टीभलकै अवसरमा हुने भएकोले नाडा शोपछिको अवधिमा केहि आश गर्ने ठाँउ रहेको उनको भनाइ छ । उनकाअनुसार कम्पनीले वर्षमा करिब ८ सय सवारी साधन बिक्री गर्ने बताए । 

स्टलमा होन्डाको २४ लाख ८० हजारको ब्रिओदेखि सीआरभी–आरभीएसआई १९ सय ९७ सीसीको १ करोड ७ लाखसम्म पर्ने चार पाङ्ग्रे सवारी साधनहरु कम्पनीले राखेको छ । 

त्यस्तै अटोमोबाइल कम्पनीहरुले यो सिजन अर्थात नाडा शो सहितको दशैँतिहार तथा छठलाई प्राथमिकता दिएर विभिन्न किसिमका अफरहरु ल्याएको छ । जसमा क्यास डिस्काउन्ट, लक्की ड्र, क्यास ब्याक, बम्पर उपहार, गिफ्ट लगायतका छन् । भने, त्यसैगरी विभिन्न बैंक तथा विमा कम्पनीहरुले पनि सवारी खरिदकर्ताको सहुलियतका लागि विभिन्न स्किमहरु चाडपर्वको अवसरमा ल्याएको जनाएको छ ।  

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय