site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महजोडी अभिनीत 'महापुरुष'मा शिवम् सिमेन्टको सहकार्य
Sarbottam CementSarbottam Cement

काठमाण्डौ । शिवम् सिमेन्ट र षट्कोण आर्टसबीच चलचित्र ‘महापुरुष’का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्न सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सिमेन्टका तर्फबाट सेल्स एन्ड मार्केटिङका भाइस प्रेसिडेन्ट केपी रिजाल, कन्ट्रिहेड निखिल अग्रवाल र डीजीएम मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो । षट्कोण आर्टसको तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता रविद्र सिंह बानियाँ, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरूण क्षेत्री लगाएत अन्य कलाकारको उपस्थिति थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र कात्तिक ११ मा  रिलिज हुनेछ । मुख्य कलाकारको रूपमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ललगायत कलाकार छन् । चलचित्रको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रूपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्रान्डहरूसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । सोही क्रमको निरन्तरता स्वरूप एकआपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारीलगायत फिल्ममासमेत सहकार्य गरेको थियो ।

Global Ime bank

जसबाट दुवै पक्षलाई एक–आपसको प्रर्वद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको सिमेन्टले उल्लेख गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement