site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साइकल किन्दा १० करोड ३३ लाख 'भ्रष्टाचार', ८ जनाविरुद्ध मुद्दा दायर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको 'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सहलेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अख्तियारले खरिद प्रक्रियामा संलग्न रहेको आरोपमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको छ । समितका अध्यक्ष उपसचिव दिलिपकुमार प्रधान, सदस्यसचिव आठौँ तहका अधिकृत सुरेन्द्र कुमार कर्णविरुद्ध मुद्दा दायर गरिएको छ । 

समितिको सदस्यमा सहलेखापाल मण्डल सदस्य र सिनियर डिभिजनल इन्जिनियर भगवान झा पनि थिए ।

Royal Enfield Island Ad

त्यस्तै, ओमसत्य साई प्रालि वीरगञ्जकी म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालविरुद्ध पनि विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालीन प्रदेश सचिव भुसालले गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानी गरेर प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ नोक्सानी दाबी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro