site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डोले खेल नसकिँदै रंगशाला छाडे !
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो आइतबार राति रायो भायोकानोविरुद्धको मैत्रीपूर्ण फुटबल खेल नसकिँदै रंगशाला छाडेर गएका छन् ।

पारिवारिक कारण देखाउँदै सिजनपूर्वको मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेका रोनाल्डो गए राति टिममा सामेल भएका थिए । च्याम्पियन्स लिग खेल्ने चाहनाका कारण रोनाल्डोले युनाइटेड छाड्न चाहेको समाचार यस ट्रान्सफर सिजनभर हेडलाइन बनेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाउन असफल युनाइटेड रोनाल्डोलाई क्लबमै राख्न चाहन्छ ।

गए राति ३७ वर्षीय रोनाल्डोलाई प्रशिक्षक इरिक टेन ह्यागले दोस्रो हाफको सुरुमै निकालिदिएका थिए । उनको स्थानमा अमद डियालोलाई मैदान छिराएका थिए । शनिबारदेखि टिमसँग प्रशिक्षण थालेका रोनाल्डोलाई खेल चलिरहँदा समर्थकले रंगशाला बाहिर भेटेका थिए । यद्यपि, मुख्य प्रशिक्षक टेन ह्यागले यस विषयमा केही बोलेका छैनन् ।

Global Ime bank

रोनाल्डोले खेल सकिएपछि सामाजिक सञ्जालमा ‘टिममा फर्कन पाउँदा खुसी छु’ लेखेका छन् ।

युनाइटेडले ब्राइटनविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय