site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
समयमा काम नभएपछि बुटवल–बेलहिया सडकको ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु
Sarbottam CementSarbottam Cement

बुटवल । सडक विभागको व्यापारिक मार्ग विस्तार आयोजनाले रूपन्देहीको बुटवल–बेलहिया सडकको ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ । निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि सडक निर्माणको काम सम्पन्न नभएपछि आयोजनाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया थालेको हो ।

व्यापारिक मार्ग विस्तार आयोजनाले ठेक्का लगायतका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्याविना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको भन्दै ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै सूचना प्रकाशित गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले ठेकेदार कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन विभिन्न मितिमा लिखित र मौखिक ताकेता गर्दासमेत सन्तोषजक कार्य प्रगति नभएको भन्दै सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिक ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइएको बताइन् ।

उनले ठेक्का सम्झौता अन्त्य गर्नु नपर्ने कुनै मानासिव कारण भए सात दिनभित्र भरपर्दो स्पष्टीकरणसहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनिएको बताइन् । उनले स्पष्टीकरण चित्तबुझ्दो नभए ठेक्का सम्झौताका सर्त र सीओसी तथा प्रचलित ऐन–नियम अनुसार कानुनी कारबाही अगाडि बढाउने बताइन् ।

Global Ime bank

आयोजनाले तीनवटा ठेक्का तोड्नेगरी प्रक्रिया सुरु गरेको छ । बिरुवा कन्स्ट्रक्सन प्रालि मध्यबानेश्वर काठमाडौंले लिएको ठेक्का नम्बर टीआरआईपी/३३७३१२४/विवि/ ०७३/०७४–००१, बिरुवा–श्रेष्ठ–एपेक्स जेभी काठमाडौंको ठेक्का नम्बर टीआरआईपी/३३७३१२४/विवि ०७१/०७२–००२ र द कञ्चनजंगा–बिरुवा जेभी, मध्यबानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नम्बर टीआरआईपी/३३७३१२४/विवि ०७३/०७४–००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो ।

यी तीन वटा ठेक्का बेलहिया, पडसरी र बुटवलका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC