site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘नाडा शो’ मा मनै लोभ्याउने यस्ता छन् बाइक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अटो मोबाइलको कुम्भ मेला ‘नाडा शो २०१७’ मा नयाँ नयाँ ब्रान्डका गाडीसँगै बाइक पनि युवाको आकर्षकको केन्द्र बनेको छ । हजारौं बाइक पारखी अवलोकनकर्ता, डिलर्स तथा कम्पनीहरुको सहभागीतामा बाइकको स्टलमा पनि दर्शकको उपस्थिति उल्लेख्य देख्न सकिन्छ । 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालकाअनुसार मेलामा  १९ ब्राण्डका बाइक तथा स्कुटीको स्टल राखिएको छ । ती सबै ब्राण्डका स्टल तथा कम्पनीहरुले दर्शक तथा ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न अफरहरु राख्नुका साथै प्रस्तुतिहरु प्रस्तुत गरिरहेका छन् ।

भक्तपुरबाट अएका एक युवाले बाइकको मेला देखेर आफु दङ्ग परेको बताए । त्यसैमा स्टल राखेका कम्पनीका स्टाफहरु भने बाइक वुकिङ्ग गर्ने, ग्राहकलाई बुझाउने लगायतको कार्यक्रममा भ्याइ नभ्याइ देखिन्थे ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न ब्राण्डका लेटेस्ट भर्सन बाईकहरुको प्रदर्शनीसँगै मोडलहरुको समेत अवलोकनकर्ताहरुले तारिफ गरेको सुनिन्थ्यो । 
हंशराज हुलासचन्द एण्ड को प्रालिको आधिकारिक बिक्री रहेको केटीएम ड्युक बाइक करिब २० वटा अटो शो मा बिक्री भएको कम्पनीका सेल्स अफिसर अनमोल थापाले बताए । “कम्पनीले दुई महिना अघि ड्युकका विभिन्न ब्राण्डहरु सार्वजनिक गरेको थियो,” उनले भने “हालसम्ममा करिब साढे ३ सय बिक्री भइसकेको छ ।” हल्का, बढी पावर, एड्भान्स टेक्नोलोजि लगायत विशेषताको कारण युवाहरु यसप्रति आकर्षक भएको उनकोे भनाइ छ । 

दशैँतिहारको लागि खास अफर नभए पनि नाडा शो को लागि भने ५ हजारसम्म छुट योजना रहेको उनले जानकारी दिए । उनकाअनुसार नेपाली बजारमा ४ लाख ५२ हजार ९ सयको ‘केटीएम ड्युक’ २०० सीसी २०१७ देखि ‘केटीएम ड्युक’ ३९० सीसीको ७ लाख ९ हजार ९ सयसम्मको स्टलमा राखिएको छ । 

Global Ime bank

\"\"

त्यस्तै अर्का रोयल इन्फील्डका आधिकारिक बिक्रेता विवेक अटोमोबाइ प्रालीका ब्रान्ड म्यानेजर दिपेश श्रेष्ठले पनि ४०÷५० ओटा बुकिङ्ग भइसकेको बताए । दशै तिहार भनेर कम्नीको खासै छुट नभए पनि नाडा अफर अन्तर्गत ३ हजार बराबरको गिफ्ट ह्याम्पर रहेको उनको भनाइ छ । “रोयल इन्फील्डको बारेमा धेरैलाई थाहा छ,” उनले भने “मेलाको कारणले अवलोकनकर्ता र ग्राहकसँग प्रत्यक्ष भेटाएको छ ।” उनकाअनुसार प्रदर्शनीमा ४ लाख ३२ हजारदेखि ७ लाख २१ हजार रुपैयाँसम्मका रोयल इन्फील्ड राखिएको छ । नयाँ प्रोडक्टको रुपमा क्लासीक रेडीच ऐडिशन रहेको छ भने, नेपाललाई नै फोकस गरेर तयार पारिएको ब्राण्डमा हिमालयन रोयल इन्फील्ड रहेको उनको भनाइ छ ।

\"\"

केटीएम इन्टरनेशनल प्राली आधिकारिक बिक्रेता रहेको बेनेली ब्राण्डका सेल्स रिप्रेजेन्टेटीभ तेन्जीङ शाक्यले हालसम्म मेलाबाट करिब १० वटाको बेनेली बाइकको बुकिङ्ग भइसकेको बताए । “कम्पनीले शोमा करिब ३० ओटा बुकिङ्ग हुने अपेक्षा गरेको छ,” उनले भने “मूख्यगरी मेलामार्र्फत हामीले इटलियन ब्राण्ड बेनेली प्रोडक्टलाई अझबढी सवारी पारखिहरुमाझ चिनाउन सकेका छौं ।” 

नाडा शोको पहिलो दिन सबैभन्दा कम मूल्य पर्ने साढे २ लाख रुपैयाँको ‘टीएनटी १३५’ सार्वजनिक गरेको जनाउँदै उनले स्टलमा साढे १६ लाख रुपैयाँसम्मको बाइक बिक्रीमा रहेको बताए । “कम्पनीले मेलाको उपलक्ष्यमा मोडल अनुसार बाइकको ५० हजारसम्म छुट दिएको छ,” उनले भने ।

त्यस्तै अटो शोमा होण्डा ब्राण्डको ६ लाख १४ हजारको ‘सीबी १९० आर’ देखिको ‘अफ्रीका ट्वीन’ १००० सीसीको २५ लाख ५० हजारसम्मका र यामाहाको १ लाख ८८ हजार ९ सयको सालुटो डीस्क (२ एलपी ८) देखि ८ लाख ९५ हजार ९ सयको आर ३ (२५ वाई १) सम्मको बाइक स्टलमा रहेको छ । होण्डाले वीक बाइकहरु बाहेकका बाइक तथा स्कुटीहरुमा विभिन्न दशै तथा तिहार अफर राखेकोे छ । त्यस्तै यामाहाले पनि दशै र तिहारका लागि विभिन्न स्किमहरु ल्याएर जनाएको छ । 

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"
तस्बिर, सरिता खड्का 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय