site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसले ग्यास कटौती गर्दा जाडोमा जर्मनी समस्यामा पर्ने

लन्डन । रुसले जर्मनीमा मुख्य ग्यास पाइपलाइनमार्फत आपूर्तिमा कटौती गरेपछि देशले भन्डारण रिफिल गर्ने लक्ष्यहरू पूरा गर्न नसकेको रोयटर्सले जनाएको छ ।

यसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा खाद्यान्न सञ्चिति उद्योगमा असर पार्ने भएको छ । जसले गर्दा जाडो महिनामा आफ्ना नागरिकलाई न्यानोमा राख्न असक्षम हुनेछ ।

रुसले यस जाडोमा ग्यास आपूर्ति कटौती गर्न सक्ने युरोपका राजनीतिज्ञहरूले बारम्बार बताइरहेका छन् । जसले जर्मनीलाई मन्दीमा धकेल्नेछ र मूल्यवृद्धि हुनेछ । रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १२:०७