site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक र साथी पक्राउ
Sarbottam CementSarbottam Cement

विराटनगर । १९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरमा नाम कहलिएका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् ।

छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाका अनुसार पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी छन् । सुवेदी पनि कराँते प्रशिक्षक भएको बताइएको छ ।

विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । एसपी कोइरालाले भने, “थुनामा राखेर थप अनुसन्धान गरिरहेका छौँ ।”

Global Ime bank

सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको र त्यसको भिडियो समेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कोइरालाले बताए ।

प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफूमाथि पटक–पटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन् । ती छात्राले आफू अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरीसमक्ष आग्रह गरेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC