site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो
फाइल तस्बिर ।

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३ः०० बजेदेखि अवरुद्ध भएको थियो ।

बन्दीपुर गाउँपालिका–५, याम्पानजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कैयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।

डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाध रूपमा सञ्चालन भएको उनले बताए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अरू सडकखण्डमा भने कुनै अवरोध नभएको उनले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro