site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चेस खेल्ने रोबोटले बालकको औँला भाँच्यो ! 

मस्को । रुसको राजधानी मस्कोमा गत साता आयोजित चेस प्रतियोगितामा भाग लिइरहेका एकजना सात वर्षीय बालकको औँला रोबोट अर्थात् यन्त्र मानवले भाँचिदिएको रुसी सञ्चार माध्यमले जनाएका छन् । 

मस्को चेस महासंघका अध्यक्ष सर्गेइ लाजारेभले भनेका छन्, “रोबोटले बच्चाको औँला भाँचिदिएको घटना पक्कै पनि निकै दुःखद छ ।” 

Argakhachi Cement Island Ad

सामाजिक सञ्जालमा पोस्ट गरिएको यस घटना सम्बन्धी एउटा भिडियोमा ती बालकसँग चेस खेल्दै गरेको रोबोटले बालकको एउटा कुनै गोटी लिइसकेपछि बालकले चाल चल्न लाग्दा उनको औँला च्याप्प समातेको देखिन्छ । 

यो घटना भएको देख्नासाथ मद्दत गर्न पुगेका चारजना वयस्क व्यक्ति अन्ततः बालकलाई रोबोटबाट छुटाउन सफल भएका थिए ।

लाजारेभले यसअघि पनि थुप्रै पटक यसरी नै चेस खेलिसकेको सो रोबोटले पहिले कहिल्यै पनि यस्तो व्यवहार नदेखाएको बताएका छन् । 

तास समाचार निकायका अनुसार ती बालक त्यसपछि पनि प्रतियोगिताको अन्तिम चरण सम्म खेल्न सक्षम भएका थिए । 

बीबीसीबाट । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्