site stats
बाह्रखरी :: Baahrakhari
खेल
पीएसजीको जितमा मेसी, नेइमार र एमबाप्पेको गोल

काठमाडौं । लियोनल मेसी, नेइमार र काइलियन एमबाप्पेले गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सोमबार सिजन पूर्वको मैत्रीपूर्ण खेलमा जापानको गाम्बा ओसाका क्लबमाथि ६–२ को विजयी हासिल गरेको  । 

जापान भ्रमणमा रहेको पीएसजीले २८औँ मिनेटमा पाब्लो सारबियाको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेट वित्न नपाउँदै नेइमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा केइसुके कुरोकावाको गोलबाट घरेलु टोलीले पुनरागमनको प्रयास गरेको थियो । 

३७औँ मिनेटमा पीएसजीका नुनो मेन्डिसले अर्को गोल थपे । ३९औँ मिनेटमा लियोनल मेसीले चौथो क्लब थपे । ६०औँ मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल गरे । 

७०औँ मिनेटमा जापानी क्लब गाम्बा ओसाकाका हिरोतो यामामीले अर्को गोल फर्काए । खेल सकिन चार मिनेट बाँकी हुँदा एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले फराकिलो जित दर्ता गरेको हो ।

पीएसजीले यसअघि सिजन पूर्वको तीन मैत्रीपूर्ण खेलमा विजय हासिल गरेको थियो ।

पीएसजीले अब नान्टसविरुद्ध अगस्ट १ मा सुपर कप खेल्नेछ । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १८:५५