site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माल्दिभ्सलाई ४–० ले हराउँदै नेपालको सानदार सुरुवात (तस्बिरसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । मेघराज केसीको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीले आज माल्दिभ्सलाई ४–० ले हराउँदै यू–२० साफ च्याम्पियनसिपमा सानदार सुरुवात गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा नेपालले ४२औँ मिनेटमा दीपेश गुरुङले गरेको गोलबाट अग्रता लिएको थियो । कप्तान आयुष घलानले हानेको डाइरेक्ट फ्री किकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरेर बचाएका थिए । तर, रिबाउन्डमा प्राप्त बललाई दीपेशले झण्डै २५ यार्डबाट हानेको सशक्त प्रहार गोलमा परिणत भएको हो । 

Agni Group

५८औँ मिनेटमा सुगम सुवालले नेपालको अग्रता दोब्बर बनाए । सुगमले काउन्टर अट्याकमा गोल गरेका थिए । उनले 'वान भर्सेस वान'मा दोस्रो बार च्यापेर हानेको प्रहारलाई माल्दिभ्सका गोलकिपरले रोक्न सकेनन् । 

६१औँ मिनेटमा कृतिशरत्न छुन्जुले तेस्रो गोल थपे । नेपालका कप्तान आयुषलाई माल्दिभ्सका हुसैन शाभिनले फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पाएका थिए । उक्त अवसरलाई कृतिशरत्न छुन्जुले कुनै गल्ती नगरी गोलमा परिणत गरेका हुन् । 

Global Ime bank

इन्जुरी समयमा वैकल्पिक खेलाडी मनग्य नकर्मीले अर्को गोल थपेका हुन् । कृतिशरत्नको स्थानमा ८३औँ मिनेटमा मैदान छिरेका मनग्यले रिबाउन्डमा प्राप्त बलमा गोल गरेका हुन् । 

त्यसअघि पहिलो हाफमा पनि अधिकांश समय बल नियन्त्रणमा राखेको नेपालले गोलका केही राम्रा अवसर खेर फालेको थियो । २८औँ मिनेटमा नेपालका कप्तान आयुष घलानले पेनाल्टी क्षेत्रबाट बायाँ खुट्टाले हानेको प्रहार आकाशिएको थियो । ३२औँ मिनेटमा सुगम सुवालले पनि पेनाल्टी क्षेत्रबाट हानेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । ६९औँ मिनेटमा दीपेशले झन्डै २५ यार्डबाट हानेको फ्री किक माल्दिभ्सका किपरले पन्च गरेर बचाईदिएका थिए । 

२३औँ मिनेटमा माल्दिभ्सका जैन जफरको फ्रीकिकलाई नेपालका गोलकिपर ईश्वर गुरुङले बचाइदिएका थिए । 

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यो प्रतियोगिता यसपटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग साउन ११ गते, भारतसँग साउन १५ र बंगलादेशसँग साउन १७ गते खेल्नेछ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

तस्बिरहरू : एन्फा ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC