site stats
बाह्रखरी :: Baahrakhari
खेल
एथलेटिक्स परिवार नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं । एथलेटिक्स परिवार नेपालको सोमबार सम्पन्न पहिलो साधारण सभाबाट राजन खत्री अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । 

दीपककुमार रञ्जित वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए भने आशाराम गोठे, रमेश शाक्य र अनिरुद्रकुमार चौधरी उपाध्यक्ष चयन भए । महिला सदस्यमा सपना आचार्य निर्विरोध भइन् ।

सुन्दरकेशर कार्की सचिवमा निर्विरोध भइन् । सरस्वती खड्का, अभिनारायण अधिकारी, संसार लाल वैद्य, रामकृष्ण महर्जन, देवी बस्नेत र प्रकाश राणा सदस्यमा निर्विरोध निर्वाचित भए । 

आजै बसेको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठलाई  मनोनीत गरेको छ । महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोषाध्यक्षमा सुषमा पाण्डे मनोनीत भए ।

त्यसैगरी दावा तामाङ, रमेश सुनार, सिद्धान्त अधिकारी, यासीर माया चौधरी र सुनिताकुमारी योञ्जन लामा सदस्यमा मनोनीत भए ।

आजै बसेको पहिलो बैठकले सल्लाहकारमा रघुराज वन्त, खड्गबहादुर रानाभाट, धर्मेन्द्रराज शाक्य र शान्ती गुरुङलाई मनोनयन गरेको छ ।  सुशील नरसिंह राणा, सुनिल राजबंशी, मोहन नेपाल, सन्जीव तुलाधर, ध्रुवबिक्रम मल्ल र ऋषि भण्डारीलाई सल्लाहकारमा निरन्तरता दिएको छ ।  कानुनी सल्लाहकारमा बाबुकृष्ण महर्जन र प्राविधिक प्रमुखमा मुख्य एथलेटिक्स प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन् । 

साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य नन्दा बस्यालले गरेकी थिइन् । 

कीर्तिमानी धावक बैकुन्ठ मानन्धर, जीतबहादुर केसी , सुशील नरसिंह राणा, रघुराज वन्त, बुद्धवीर लामा, ध्रुवविक्रम मल्ल, ऋषि भण्डारी, चन्द्रबहादुर गुरुङ, बाबुकृष्ण महर्जन लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:५०