site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
सांकेतिक तस्बिर।

काठमाडौं । सुनसरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१२ रिलायसमा को. १ ख ३९६८ नम्बरको ट्रकले प्रदेश न १–०२–०४३  प १०६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मोरङ पथरी शनिश्चरे नगरपालिका–४ बस्ने २१ वर्षीय रूपेश दाहालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:२०