देश
काठमाडौं । काठमाडौं तिनकुनेस्थित चिनियाँ कम्पनीले चलाएको कल सेन्टरलगायत अन्य विभिन्न ठाउँमा प्रहरीले छापा मारेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
“विशेष सूचनाका आधारमा कल सेन्टरलगायत अन्य ठाउँमा पनि छापा मारेको छ । अहिले पनि काम जारी छ । कल सेन्टरका ल्यापटप, कम्प्युटर बरामद गरिएको छ । विस्तृत विवरण केही बेरमा आउँछ,” उनले भने ।
चिनियाँ नागरिकले साइबर अपराध गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ १४:४३
प्रतिक्रिया दिनुहोस्