site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिप्रदीले ल्यायो लोकोन्याभ बजारमा

काठमाडौं । नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी टे«डिङ्ग प्रा. लि. ले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउने जनाइएको छ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त रहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

“सिप्रदी टे«डिङ्ग प्रा. लि. ले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आपूmलाई सशक्त ढंगले अगाडि बढाईरहेको छ । यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,” सिप्रदी टे«डिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ भन्छन्, “यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।” 

Argakhachi Cement Island Ad

यसैगरी लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ता भन्छन्, “हामी केही दिनमा नै छैठौं वर्षमा प्रवेश गर्दैछौं र यसलाई हाम्रो नेपालस्थित सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउँदैछ । हामी नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्घ छौं ।” 

लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने काम गर्छ । 

विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गरिएको जनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्