देश
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मत इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिबाना तिराएको छ । आज बिहान ललितपुरको जावलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको अवस्थामा जरिबाना तिराएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी नायव उपरिक्षक बाल नरसिंह राणाका अनुसार बा २२ च २५८३ नम्बरको निजी गाडीलाई एक हजार रुपैयाँ जरिबाना तिराइएको हो ।
पार्किङ निषेधित क्षेत्रमा पार्क गर्ने सवारीलाई जरिबाना तिराउँदै आएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ १२:०९
प्रतिक्रिया दिनुहोस्