site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिलिपिन्समा पूर्वमेयरसहित तीनजनाको गोली हानी हत्या 

मनिला । फिलिपिन्सको एउटा विश्वविद्यालयमा आयोेजित एक कार्यक्रमको दौरानमा भएको गोलीकाण्डमा तीनजना मानिसले ज्यान गुमाएका छन् । 

सुनियोजित आक्रमण जस्तो देखिएको यस घटनामा पूर्वमेयर रोज फुरिगे पनि मारिएकी छन् । क्वेजोन सहरस्थित विश्वविद्यालयमा आफ्नी छोरीको दीक्षान्त समारोहमा भाग लिन फुरिगे त्यहाँ पुगेकी थिइन् । उनकी छोरी पनि घाइते भएकी छन् । 

आक्रमणमा संलग्न बन्दुकधारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । ती व्यक्तिको फुरिगेसँग कानुनी विवाद रहेको अनुमान गरिएको छ । 

राजनीतिक पात्रहरूको हत्या हुनु सामान्य मानिने फिलिपिन्समा विद्यालय र विश्व विद्यालयहरूमा भने बिरलै गोली चल्ने गर्दछ । कानुन शंकायका विद्यार्थी तथा उनीहरूका अभिभावकहरू उपस्थित रहेको समय एटेनियो डि मनिला युनिभर्सिटीमा यो घटना घटेको हो । 

पmुरिगे फिलिपिन्सको दक्षिणी अस्थिर सहर लामिटानका पूर्वमेयर हुन् । तर, प्रहरीले भने सन्दिग्ध हत्यारा र फुरिगेबीच लामो समयदेखि आपसी मनमुटाव रहेको हुनसक्ने संकेत गरेको छ । 

आक्रमणमा फुरिगेका एक सहयोगी र युनिभर्सिटीका एकजना सुरक्षाकर्मी पनि मारिएका हुन् । प्रहरीले अस्पतालमा उपचार भइरहेकी फुरिगेकी छोरीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।  

बीबीसीबाट । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro